नेपाल टेलिकमका अधिकृतसहित ३ जनाविरूद्ध अख्तियारमा ६ करोड भ्रष्टाचारको उजुरी
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार ११:४५:१२
२८ जेठ, काठमाडौं । नेपाल टेलिकमविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै भन्दै उजुरी परेको हो ।
नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि १३ फेब्रुअरी २०२३ मा गरिएको बोलपत्रमा घुस रकम लिएर भ्रष्टाचार गरेको आरोप उजुरीमा छ ।
बाेलपत्रउपर मैनावति स्टिल इन्डस्ट्रिज भगवती स्टील इण्ड्रस्टीज र भारतको उत्सर्ग इन्डियासमेत ३ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । तर मैनावति स्टिल इन्डस्ट्रिजसँग करोडौँ घुसको आडमा बद्नियतपूर्वक मैनावतिलाइ टेन्डर दिइएको आरोप टेलिकमकै कर्मचारीबाट दायर उजुरीमा लगाइएको छ ।
बोलपत्र मूल्यांकन समितिले ३ कम्पनीमध्ये मैनवती र भगवतीलाई योग्य ठहर गरिए पनि अन्तिममा तहगत व्यवस्थालाई मिचेर मैनवतीलाई टेण्डर दिइनुले भ्रष्टाचारको आधार पुष्टि हुने उजुरीकर्ताको जिकिर छ । प्रबन्धक अनुप रेग्मीको संयोजकत्वमा पहिलो बोलपत्र मूल्यांकन मिति गठन गरिएको थियो ।
समितिले बोलपत्रका लागि प्रक्रिया अगाडि बढाउन निर्णय हुन प्रतिवेदनसहित टिप्पणी फाइल केन्द्रीय कार्यालय पठाइएकोमा प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य बिदामा रहेको मौका परी तहगत योग्यता नै नपुग्ने अधिकृतद्वय प्रबन्धक सोभन अधिकारी र उप–प्रबन्धक सुजित आनन्द मल्ल सदस्य रहको दोस्रो मूल्यांकन समिति गठन गरी प्रबन्धक देवेन्द्र खतिवडाले मैनवतीलाई टेण्डर दिइएको दाबी गरिएको छ ।
खतिवडा १० औं तहका कर्मचारी हुन् । १० तहको प्रबन्धकलाई प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी दिइने व्यवस्था नै नरहेको अवस्थामा टेण्डर दिएर खतिवडा, उपप्रबन्धक आनन्द र प्रबन्धक शाेभनले टोकनस्वरूप रु १ करोड रूपया लिइसकेको र पछि ५ करोड रूपैया मैनावतिमार्फत् घुस लिने डिल भएको बुझिन आएको दाबी उजुरीमा गरिएको छ ।
अनुचित लाभ लिने व्यक्तिहरुमाथि टेण्डरका निर्णयलगायत सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान गर्न र कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार