सुदूरपश्चिममा पनि उठ्याे प्रदेशको नाम परिवर्तनकाे आवाज, खप्तड थरुहट राख्रन माग
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १२:५:५४
२८ जेठ, धनगढी । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशको नाम पविर्तन गर्न माग गरेको छ ।
आइतबारको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्न माग गरेका छन् ।
प्रदेशसभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै लक्ष्रमण चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् । उनले लोगो मात्र नभई सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान हुने प्रदेशको नाम संशोधन गर्न माग गरे ।
उनले नाम सुदूरपश्चिमको सट्टा ‘खप्तड थरुहट’ राख्नुपर्ने बताए । लोगो सान्दर्भिक नभएको भन्दै प्रदेशसभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार