‘हत्या’ गरिएका शव जलाएको आरोपमा घाटबाट ४ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १२:२१:५९
२८ जेठ, काठमाडौं । पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको शव जलाउने कार्यमा संलग्नताको आरोपमा सर्लाहीमा प्रहरीले शवसहित ४ जनालाई पक्राउ गरेको छ । केही भाग जलिसकेको शवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यही जेठ २२ गते हरिपुर नगरपालिका–६ लक्ष्मिपुरका ५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी ४५ वर्षीया इन्द्रकला देवीको शनिबार बिहान मृत्यु भएको र मृत्युपछि प्रहरीलाई खबर नै नगरी शनिबार दिउँसो नजिकैको घाटमा लगेर जलाउँदै गरेको अवस्थामा मलामीसहित शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएकी इन्द्रकलालाई उनका छोरी जयकुमारी साह र ज्वाइँ राजकिशोर साहले उपचारका लागि सुरुमा नवलपुरस्थित एक क्लिनिकमा पुर्याएको समेत खुलेको छ । त्यसपछि मंगलबार वीरगन्ज लगिएको र त्यहाँ राम्रोसँग उपचार नगरी भोलिपल्टै घर ल्याइएएको थियो । घरमा यन्द्रकलाको स्वास्थ्य अवस्था जटिल बनेपछि पुनः उपचारका लागि जनकपुर लगेकामा शनिबार मृत्यु भएको अनुसन्धानमा खुलेको जनाइएको छ ।
नियन्त्रणमा लिइएका शवलाई पोष्मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । इन्द्रकलाका पति राजाराम फरार छन् । पक्राउ पर्नेमध्ये एक जना मृतक इन्द्रकलाका छोरी ज्वाँइ साह रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार