झिंगेदाउले पायो उत्कृष्ट फिचर फिल्मको अवार्ड
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १३:२०:३१
२८ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिवार आयोजित समारोहमा गतवर्षको हिट फिल्मलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड ‘प्रकाश’बाट विकास सुवेदीले प्राप्त गरे ।
चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिंगेदाउ’बाट मुकुन भुषालले प्राप्त गर्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केलाई प्रदान गरियो ।
फिचर फिल्म जुरी अवार्ड ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दीनेश राउतले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । उत्कृष्ट फिचर फिल्म छायाँकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गर्यो । छायाँकार चक्र बहादुर महर्जनले उक्त अवार्ड हात पारे ।
उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । उत्कृष्ट भाषिक फिल्मतर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड ‘परिवर्तन’बाट सरिता भारतीलाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड पनि ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म अभिनेताको अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्म अभिनेत्रीको अवार्ड ‘चरित्र’बाट श्रोता आचार्यले जितिन् । शुक्रवारबाट भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिवार साँझ समापन गरिएको हो ।
आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, अभिनेता उत्तम केसी,निर्माता संघका कोषाध्यक्ष ज्योती राइ लगायतले अवार्ड प्रदान गरेका थिए ।
महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपश्चात अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगद सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । अवार्ड वितरण समारोहमा बोल्ने वक्ताहरुले यस प्रकारको महोत्सवले नेपाली चलचित्रको प्रवद्र्धन र दर्शक बढाउनमा भूमिका खेल्ने बताएका थिए । शनिवार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास समेत आयोजना गरिएको थियो । अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरुसँग चलचित्रको बारे भलाकुसारी समेत गरेका थिए ।
तीन दर्जन बढी फिल्मकर्मी महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुगेका थिए । ग्रामीण परिवेशमा बनेका मौलिक फिल्मलाई महोत्सवमा सहभागी गराइएको थियो । गाउँठाउँमा बनेका फिल्महरु गाउँमै बसेर हेर्न पाउँदा स्थानीयहरु हर्षित देखिन्थे । आयोजक संस्थाका अध्यक्ष सापकोटाले आगामी वर्ष पनि ग्रामीण चलचित्र महोत्सवलाई निरन्तरता दिइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी
असोज १८, २०८१ शुक्रबार
एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक
असोज १५, २०८१ मंगलबार
फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी
असोज २०, २०८१ आइतबार
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
असोज २०, २०८१ आइतबार
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड
असोज २०, २०८१ आइतबार