प्रहरीकाे संख्या कटौती गरेर साधारण खर्च घटाउन सकिन्छ : महेन्द्र शाही
अर्बका सांसदलाई सरकारले ५ करोडका बनाइदिएको भनाइ
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १३:२१:२५
२८ जेठ, काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारको साधारण खर्च कटौतीका लागि नेपाल प्रहरीकोा संख्या कटौती गर्नुपर्ने आवाज उठेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाहीले सरकारले आगामी आवमा साधारण खर्च कटौतीका लागि लिएको लक्ष्यमा प्रहरीको संख्या कटौती गर्ने नीति लिनु उपयुक्त हुने बताए ।
बैठकमा बोल्दै पूवृमन्त्री समेत रहेका शाहीले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेट दुईतिर फर्र्किएको अवस्थाका रहेको बताए । ‘सरकारको नीति तथा कार्यक्रम एकातिर, बजेट अर्कोतिर भएको छ’ उनले भने, ‘गरिबलाई बिजुलीमा सहुलियत दिने, कैलालीको गेटा कलेजलाई शहीद दशरथ चन्द विश्वविद्यालय बनाउने भनएिको छ तर बजेटमा उल्लेख नै छैन । यो के तरिका हो ?’
यस्तै शाहीले बजेटलाई मन्त्री, प्रधानमन्त्री र पहुँच भएका नेताहरुको भागमा पारिएको भन्दै विरोध गरे । उनले अर्बपति सांसदहरुलाई ५ करोड रुपैयाँका बनाइएको भन्दै आपत्ति जनाए । सरकारले बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च गर्न पाउने गरी जनही ५ करोड बजेट छुटाइएको भनिएका उनले अर्ब सम्पत्ति भएका सांसदलाई ५ करोड दिने भनेर अपमान गरिएको बताए ।
बजेटमा कर्णाली क्षेत्रको विकासका लागि राखिएको विशेष कार्यक्रमबारे उनले प्रश्न उठाएका छन् । ‘बजेट जति अर्थमन्त्रीको जिल्लामा केन्द्रित गर्ने, अनि कर्णालीलाई विशेष कार्यक्रम भन्या, विशेष कार्यक्रम भनेको के हो ?’
उनले अर्थमन्त्रीको जवाफ आएपछि बजेटको हकमा निर्णयमा पुगिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार