काठमाडौंमा गर्मी ह्ववात्तै बढ्याे [ फोटोफिचर ]
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १४:६:२४
२८ जेठ, काठमाडौं । पछिल्लो समय पृथ्वीको तापक्रम दिनका दिन बढेको बढै छ । पहिलाको वर्षको तुलनामा नेपालको पनि तापक्रम वृद्धि भएर आएको देखिएको छ । तराइका जिल्लाहरूमा यसको असर अझ बढि देखिएको छ ।
प्रि मनसुनको समय मा पानी पर्नुको साटो तापक्रम झन वृद्दि भएको मौसम विद भन्छन। जलवायु परिवर्तनलाई पनि यसको कारण देखाइएको छ तर पछिल्ला ३-४ वर्ष को मौसमको गतिविधिमा पनि धेरै फेरबदल आएकोले पनि अहिलेको प्रि मनसुन समयमा औसत भन्दा कम पानी पर्ने र पछिल्ला वर्षको गर्मि औसत भन्दा बढि हुने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ ।
त्यस्तै गरि नेपालका अधिकांश जिल्ला हरुका पहिलाको वर्ष भन्दा बढि तापक्रम नापिएको छ । अझै आउने दिनमा पनि गर्मि अत्धयातिक बढ्ने मौसम पूर्व अनुमान छ । काठमाडौंमा पनि अहिले सम्म कै ३२ डिग्रि सेल्सियससम्म तापक्रम मापन गरिएको छ ।
नेपालमा सामान्यता जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो साता मात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको छ । पछिल्लो दिन यता आकाश खुला भई चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढि रहेकाले बढी गर्मी महसुस भएको छ। गर्मी नबढेकोले मान्छेहरूको आवतजावत पनि पातलाे भएको छ।
गर्मी छल्नका लागि मान्छेहरु विभिन्न उपाय पनि अपनाइरहेका छन् । छाता नभै हिँड्न सक्ने अवस्था पनि छैन । अहिले काठमाडौंका विभिन्न स्थानमा स्थानीय क्लबहरूले पिउने पानीको व्यवस्थापन पनि गरेको छ । छहारी र सित्तल खोजेर बस्ने धेरै देखिन्छ । काठमाडौंमा हिजो आज चिसो र लस्सी पर्दाथहरुको व्यापार पनि ह्ववात्तै बढेको छ ।
इन्द्रचोकमा लस्सि खानेहरूको भिड भाड हुने गरेको छ । गर्मि छल्न मान्छेहरु चिसो पर्दाथहरुमा धेरै रुचि गर्ने गरेको देखिन्छ । गर्मि बढेसँगै सम्बन्धित तस्बिरहरु काठमाडौंका बिभिन्न स्थानमा देखिएका दृष्य हेरौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार