रेमिट्यान्समाथिकाे कर हटाऔं, घरभाडा समेत बोकेर विदेश भाग्नेमाथि कारवाही चलाऔं: प्रभु साह
‘राज्यको चरित्र लुट किसिमको छ’
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १४:११:८
२८ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहेका सांसद प्रभु साहले सरकारको चरित्र लुट किसिमको रहेको बताएका छन् ।
आइतबार जारी प्रतिनिधिसभाको बैठकमा आगामी आवको बजेटमाथि छलफलमा भाग लिँदै सांसद साहले वैदेशिक रोजगारीमा गएका श्रमिकले नेपाल पठाउने रेमिट्यान्समाथिको कर बारे प्रश्न उठाउँदै रेमिट्यान्समाथिको कर आगामी आवको बजेटबाट हटाउन सुझाव दिए । अहिले फरक फरक आकार र पारिश्रमिकमा गरी ५० लाख नेपाली वैदेशिक रोजगारमा रहेको उनले बताए ।
‘कति नेपाली, कुन देशमा र कति तलबमा काम गरिरहेका छन् भन्ने कुरा सरकारलाई थाहा नभएको विषय हो र ?’ उनले भने, ‘नेपालीहरू विदेशमा मासिक ३० देखि डेढ लाख रूपैयाँसम्म तलबमा काम गरिरहेको सरकारकै रेकर्डमा छ, अनि एक वर्षमा कति रेमिट्यान्स भित्रिन्छन् भन्ने कुरा थाहा नहुने हुन्छ र ? ति श्रमिकबाट वर्षमा ३० खर्ब रेमिट्यान्स भित्रिनु पर्नेमा ९/१० खर्ब मात्र आयो कसरी ? यि सबै क्षति राज्यकाे गलत चरित्रका कारण भएकाे छ ।’
उनले सरकारले रेमिट्यान्समा चर्को लगाएको करकै कारण श्रमिकहरूले आफ्नो पसिनाको पैसा कम खर्चमा हुन्डीको माध्यम प्रयोग गरेर अवैध बाटोबाट रकम पठाउन बाध्य रहेको बताए । रेमिट्यान्समाथिको लगाइरहेको कर आगामी आवबाट हटाउन माग गरे ।
अर्को प्रसंगमा सांसद साहले विदेशमा पलायन (पुनर्वास) भइसकेका नागरिकलाई नेपालभित्रका सम्पत्ति बिक्री गरेर रकम लैजान प्रतिबन्ध लगाउन कानूनी व्यवस्थामा कडाइ गर्नुनुपर्ने बताए । कानूनको अभावमा विदेश भासिसकेका गैर नेपालीले घर जग्गा बेचेर हुण्डीमार्फत अर्बौं रूपैयाँ रकम लगिरहेका भन्दै रेमिट्यान्समाथिको कर हटाउने र देशको सम्पत्ति विदेश लैजाने कार्यमा रोक लगाउँदा अर्थतन्त्रमा सुधार आउने पक्कापक्की रहेको बताए ।
श्रमिकको पसिनाको मूल्य रेमिट्यान्समाथिको कर नीति र सरकारले ल्याउन लागेको किसानको आलु र ब्याजमा लगाउन लागिएको करले राज्यको चरित्र लुट किसिमका रहेको बताए । ‘सामन्तकालमा राज्यकाे चरित्र थियाे, अहिले लुटकारी छ’ उनले भने ।
साथै सांसद साहले बजेटले मधेशी जनतालाई विभेद गरेको भन्दै बजेटको ठूलो हिस्सा मन्त्रीहरूको जिल्लामा थुपार्नुले पनि सरकारमा बस्नेहरूको विकासको विभेदकारी आत्म प्रष्ट भएको बताए । ।
मुलुकको अर्थतन्त्र घराना वर्ग र पहुँचवालाहरुको कब्जा परेको भन्दै बजेटले तिनै मुठ्ठीभर व्यक्तिलाई फाइदा पुर्याउने कामबाहेक निमुखाको हितमा काम गर्नै नसक्ने ठोकुवा गरे । देश र जनताको पक्षमा काम गर्नलाई सरकारलाई कसैले नरोकेको तर सरकारमा बस्ने सामन्ती चेतनामा मानिसहरूका कारण अर्थतन्त्र संकटमा परेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार