यो बजेट ठ्याक्कै भन्दा राम्रो छैन : सांसद लामा
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १४:३२:१८
२८ जेठ, काठमाडौं । एमाले सांसद तारा लामा तामाङले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेट देश र जनताको हितमा नरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आवको बजेटमाथि जारी छलफलमा भाग लिँदै सांसद लामाले बजेटले गरिब, असहाय र श्रमजीविको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने किसिमबाट आएको बताए ।
उनले सुदूरपश्चिम कैलालीको गेटा मेडिकल कलेजलाई सरकारले द्वैत चरित्र देखाएको बताए । नीति तथा कार्यक्रममा गेटामा विश्वविद्यालयमा चलाउने भनिएको तर बजेटमा त्यो हटाइएको भन्दै आपत्ति जनाए । उनले कञ्चनपुरको आरक्षणमा रहेका नागरिकको हकमा कुनै व्यवस्था नगरेको भन्दै बजेट यसलाई समेटेर ल्याउन सुझाव दिए ।
बजेटको अवस्थाबारे चर्चा गर्दै उनले भने, ‘यो बजेट ठ्याक्कै भन्दा राम्रो छैन ।’ २८ काठमाडौं । लामा कञ्चनपुर १ बाट माओवादी केन्द्रकी बिना मगरलाई प्रतिनिधिसभमा गएको मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा पराजित गरी निर्वाचित सांसद हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार