लाखौं रुपैयाँ बराबरको सामान वेवारिसे अवस्थामाः गुलरिया नगरपालिकाको चरम लापरवाही
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १८:२८:१४
•दीपक शर्मा
२८ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाले अपरिपक्व काम गर्दा लाखौं रुपैयाँको सामान अलपत्र परेको छ । गुलरिया नगरपालिकाले जिम अर्थात शारीरिक व्यायामका लागि २० लाख रुपैयाँ भन्दा बढीको खर्चमा जिमको लागि आवश्यक पर्ने सामान खरिद गरेको थियो । ती सामान अहिले कार्यालयको पुरानो भवनमा यत्र तत्र छरिएको अवस्थामा रहेको छ ।
पालीका स्रोतका अनुसार कुनै व्यक्तिको जिम खानालाई खुशी पार्नका लागि ल्याइएको उक्त सामान हस्तान्तरणमा प्रकृया नपुगेका कारण महिनौं देखि सामान बेवारिस अवस्थामा रहेको हो । पालिकाले रड, डम्मल, प्लेट, टेस्ट मेसिन, मल्टिपल मेसिन , साइकिलिङ्ग मेसिन लगायतका सामान खरिद गरी ल्याएको थियो ।
गुलरिया नगरपालिकाका सूचना अधिकारी मुकुन्द अर्यालले सो विषयमा आफूलाई थाहा नभएको बताए । यस विषयमा बुझ्दा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले आफू कार्यालयमा हाजिर हुन आउनु भन्दा पहिले नै खरिद गरेको जानकारी दिए । कसलाई दिने हो ? किन खरिद गरिएको हाे ? सो विषयमा थाहा नभएको बताए।
पालीका स्रोतका अनुसार एक जना व्यक्तिको फर्मलाई खुशी पार्नको लागी प्रकृया नपुर्याएरै दिन थालिएको जिमको सामग्री पालिकाको पुरानो भवनमा अहिले वेवारिसे अवस्थामा राखिएको छ । पालिकाले यसरी खरिद गरेको सामानको संरक्षण नगरेकोमा नागरिकहरूले आपत्ति जनाएका छन भने यदि आफ्नो अनुकुलको व्यक्तिका लागि सो सामग्री खरिद गरिएकाे हो भने त्यो पालिकामाथिको लुट भएको बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार