बैंकको निक्षेप ३ खर्ब ७० अर्बले बढ्यो, कर्जा लगानी घट्नुमा ‘आर्थिक मन्दी’काे प्रभाव
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १८:३२:५५
२८ जेठ, काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अर्थात तरलता जाम हुन थालेको छ । केही महिना अघिसम्म तरलता अभाव देखाउँदै बैंकहरुले कर्जा रोकेका थिए । त्यसपछि बढेको निक्षेप अहिले थुप्रिन थालेको हो ।
नेपाल राष्ट्र बैंकले जनाएअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले निक्षेप बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.३ प्रतिशतले बढेको हो । हाल बैंक तथा वित्तीय संस्थामा ३ खर्ब बढी तरलता रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्म ५४ खर्ब ९३ अर्ब ४७ करोड रुपैयाँ बराबरको निक्षेप जम्मा हुँदा ४८ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।
तरलता उकालो लागेको अवस्थामा कर्जा प्रवाह भने सुस्ताएको छ । आर्थिक मन्दीको हल्लाका कारण कर्जा लिने पक्ष न्युन देखिएको ठानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार