राप्रपा सांसदले प्रधानमन्त्रीको राजीनामा माग्दा माओवादी केन्द्रका सांसदको नियमापत्ति
नियमापत्तिपछि सभामुखकाे निर्देशनमा शाहीको अभिव्यक्ति रेकर्डबाट हटाइयो
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १८:५२:२८
२८ जेठ, काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठकमा ‘युद्ध अपराध’ कसुरमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि प्रतिपक्षी दल राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको र सुनुवाइका लागि पेसी समेत तोकिएको अवस्थामा प्रधानमन्त्रीले पदबाट राजनीनामा दिनुपर्ने माग सांसदले शाहीले गरेका थिए । उनले मुद्दा चलिसकेको अवस्थामा प्रधानमन्त्री कुर्सीमा बस्न नैतिकताले नमिल्ने भन्दै राजीनमा दिन माग गरेका हुन् ।
लगत्तै सांसद सापकोटाले प्रतिपक्षीले राजनीतिक पूर्वाग्रहीका आधारमा प्रधानमन्त्रीविरुद्ध निरन्तर खेदो खन्ने काम गरिरहेको भन्दै मुलुकको कार्यकारी पदको सम्मान गर्नुपर्ने भन्दै नियमापत्ति जनाए । र, शाहीको अभिव्यक्ति संसद सचिवालयको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।
लगत्तै सभाुमख घिमिरेले दुवै जनाको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
तत्कालीन सशस्त्र विद्रोहका बेला आफूलाई युद्धमा हिँडाएर जोखिमयुक्त काममा लगाएर तत्कालीन विद्रोही नेकपा (माओवादी)का अध्यक्ष एवं सुप्रिम कमाण्डर प्रचण्ड र नेतृत्व तहका नेता डा. बाबुरा भटराई गरी २ जनाविरुद्ध ‘युद्ध अपराध’ कसुरमा आज तत्कालीन बाल लडाकू लेनिन विष्टसहितले सर्वोच्च मुद्दा दर्ता गराएकाछन् । आजको बैठकमा सोही विषयलाई लिएर सांसद शाहीले राजीनामा मागको विषय बनाएका हनु् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार