बजेट नसच्याए सरकार ढल्ने माधव नेपालको भविष्यवाणी
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १९:६:१४
२८ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनले ल्याएको बजेट नसच्याए प्रचण्ड नेतृत्वको सरकार ढल्ने भविष्यवाणी गरेका छन् ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तीव्र असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुख खोलेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्ष चलाउनुपर्ने पक्षमा आफू रहेको तर सरकारका गतिविधिले यस्तो नदेखिएको उनको भनाइ थियो ।
उनले अहिलेका बजेटलाई जस्ताको तस्तै पारित नहुने र पारित गर्ने प्रयत्न गरिए सरकार ढल्नबाट कसैले रोक्न नसक्ने बताए । ‘बजेट बेठीक आएको छ । सरकार निरन्तर चलोस् भन्ने मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार