बजेट भाषणको ब्रिटिशकालीन समय हटाएर बिहान १० बजे गरौं : सांसद गिरि
बजेटमा उठेका प्रश्नमाथि अर्थमन्त्री डा. महतले आज जवाफ दिँदै
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १२:५३:४२
२९ जेठ, काठमाडौं । सांसदहरुले सरकारको बजेट भाषण समय ब्रिटिशकालीन रहेको भन्दै यसलाई नेपालको आफ्नै समयमा गर्नुपर्ने बताएका छन् । सरकारले हरेक वर्ष आर्थिक वर्षको अनुमानित आय–व्ययसम्बन्धी वार्षिक बजेट घोषणा दिउँसो ४ बजे गर्दै आइरहेको अवस्थालाई परिवर्तन गरेर नेपालको आफ्नो अनुकूल समयमा घोषणा गर्नुपर्ने बताउँदै यस्तो तर्क गरेका हुन् ।
आइतबारको प्रनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा नेपाली कांग्रेसका सांसद दीपक गिरिले भारतमाथि शासन चलाइरहेको ब्रिटिश साम्राज्यवादी सरकारले बेलायती समय बिहान १० बजे पारेर ब्रिटिश शासकलाई बजेट सुनाउन भारतमा दिउँसो ४ बजे बजेट भाषण गरेको पाइएको भन्दै नेपालमा पनि त्यही प्रभावमा दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने गरेको बताए ।
सांसद गिरिले ब्रिटिश साम्राज्यकालीन अव्यवहारिक व्यवस्थालाई खारेज गरी नेपालको आफ्नो अनुकूल समयमा १०÷१२ बजे नै बजेट सार्वजनिक गर्न सकिने बताए । ‘सरकारले हरेक बजेट दिउँसो किन ल्याउँदोरहेछ भन्दा, यो त ब्रिटिश शासकले भारतमा उपनिवेश शासन चलाइरहेकै बेला बेलातयमा उसका शासकलाई बिहान सुन्न र हेर्न मिल्ने पारेर भारतमा बिूटिशकम्पनीले बेलुका ४ बजे बजेट ल्याउँदोरहेछ । त्यसैको सिको नेपालका तत्कालीन शासकले गरेका रहेछुन्’ उनले भने, ‘यसलाई बोकिरहनु पर्छ भन्ने छैन, अब नेपाल सरकारले आफ्नो बजेट सार्वजनिक समय बिहान गर्ने गरी समय निर्धारण गर्नुपर्छ, हामी सांसदहरुले सधैं अरुको पछि लाग्न छाड्नुपर्छ । अहिलेको तरिका राम्रो भएन ।’
उनले बजेट पनि नेपाली माटो र नेपालीको आवश्यकतामा आधारित रहेर तय गनुर््पर्ने बताए । ‘हामीले त आफ्नो माटो र जनताको आवश्यकतालाई मुख्य आधारमा बनाउने हो’ उनले भने, ‘यहाँ त अहिले पनि सांसद होइन, अरु कसैले केही भन्ला कि, सोच्ला कि भनेर बजेटका धाराहरु बनाउने गरियाछ, त्यही कारण हामी सांसदहरुले राति पनि जनाताले फोन गरेर मेरो गाई बिरामी पर्यो, भैंसी मर्यो, लौ न बीमाको रकम झिकाइदिनुपर्यो भनेर भन्नुपर्ने अवस्था छ । गरिब किसानका माथिल्लो र नजिकका मान्छे भनेकै सांसद हुन्, राज्यका मान्छेप्रति काम हुन्छ भन्ने उहाँहरुमा विश्वास नै छैन ।’
राज्यले जनताको विश्वास जित्न नसकेकै कारण सरकारले बजेट एउटै जिल्ला थोपर्न सक्ने गरी बुझ्ने भन्दै सांसदको भूमिका विधायिकी हो भन्ने नबुझेर विकास र निर्माणको जस्तरी बुझ्ने गरिएको बताए ।
उनले काठमाडौं मेयर बालेन साहले सांसद ५ करोड बोकेर वडाध्यक्षको स्तरमा झरेको भनेर दिएको अभिव्यक्ति स्वभाविक रहेको भन्दै आफूले ‘सलाम’ दिने बताए । सरकारले बजेटमा सांसद ५ करोड रुपैयाँ विकास खर्च दिएर झोलामा कार्यालय बोकेर हिँड्ने ‘झोले’को स्तरमा पुर्याइदिएको टिप्पणी गरे ।
‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्यो, केही पाइन्छ कि भनेर फोनमा सोधन्छन् । पहिरो गए पनि, आगलागी भएपनि जनताले खोज्ने हामी सांसद नै हुन् ।’
सांसद गिरिले नागरिकले रातिराति फोन गरेर फोनमै रिस फेर्ने काम गर्ने गरेको बताए । ‘‘कम गाह्रो छ, राति राति फोन आउँछ । अब त चिन्न छाड्नुभयो, चिन्नुहुन्न होला भनेर फोनमै नानाथरि बोलेर रिस फेर्छन् । माननीयहरु, अन्यथा नमान्नुहोला, आफू पनि जलपान गरेको बेला सँगै पर्या भए झगडै पथ्र्यो होला’ उनले भने । बैठक हलमा मानीनयहरुबीच हाँसो चलेकाे थियाे ।
आफूले बजेट किताब समेत हेर्न नपाएको भन्दै सरकार पक्षकै सांसद भएर पनि हालत यस्तो छ भनेर सुनाउँ भने प्रतिपक्षीका साथीहरुले ठीक्क पर्यो भन्लान् भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । ‘रातो किताब त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो ? पहिलेपहिले त आउँग्थ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो ? विकास खै भन्दा के जवाफ दिने ?’ उनले भने ।
प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दैछ । आजको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नमाथि अर्थमन्त्री प्रकाशहरण महतले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । जवाफ दिने क्रम सकिएपछि मन्त्री डा. महतले पारितका प्रस्ताव पेस राख्नेछन् । प्रस्तावलाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णायर्थ प्रस्तुत गर्नेछन् । त्यसपछि ध्वनि स्वरको आधारमा बजेट पारित हुने नुहने फैसला गरिनेछ ।
जवाफ २५ गते नै दिने भनिएपनि सांसदहरुको बोल्ने क्रम नसकिएपछि आजका लागि सारिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार