वित्तीय क्षेत्र र शेयरबारे जानकारी लिन गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई बोलाउने अर्थ समितिको निर्णय
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १३:३४:९
२९ जेठ, काठमाडौं । अर्थ समितिले वित्तीय क्षेत्रका समस्याबरे छलफल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बैठकमा बोलाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय क्षेत्रको तरलता अवस्था, निक्षेप र कर्जा लगानी लगायतका विषयमा गभर्नरसँग जानकारी लिन बैठकमा बोलाइएको समितिले जनएको छ ।
यस्तै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने निर्णय गरिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकबाट उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको हो । बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको हो ।
त्यसअघि, सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाएकी थिइन् । महँगो मूल्य भएकाले कम्पनीको आईपीओमा स्थानीयले आवेदन दिन नसकेको उनले उल्लेख गरिन् । सो विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा उनले जोड दिइन् । सांसद ज्ञानेन्द्र शाही र पूर्णबहादुर तामाङले पनि बैंकको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार