बगरफाँट तीन वर्षपछि यातायात सञ्जालमा जोडियो
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १७:४२:२७
२९ जेठ, म्याग्दी । कालीगण्डकी नदीमा बेलिब्रिज जडान भएपछि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडामा पर्ने बगरफाँट तीन वर्षपछि यातायात सञ्जालमा जोडिएको छ । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलिब्रिज जडान भएपछि म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बगरफाँटका बासिन्दालाई राहत मिलेको छ ।
पर्वतबेनी देखि बगरफाँट जोड्ने सडक वि.स. २०७७ असारको बाढीले कटान गरेर बगाएको र मर्मत तथा नयाँ सडक निर्माण हुन नसकेपछि करिब चार सय घरधुरी रहेको बगरफाँटको यातायात सम्पर्क बिच्छेद भएको थियो । बेलिब्रिज निर्माण भएपछि बगरफाँटबासीलाई बेनीमा आवतजावत, खाद्यान्न, निर्माण सामग्री ढुवानी, विद्यार्थीलाई क्याम्पस विद्यालय जान र बिरामीहरूलाई अस्पताल पुग्न सहज भएको स्थानीय रवी भण्डारीले बताए ।
वाइट रवी भण्डारी, स्थानीयवासी, बगरफाँट, पर्वत बगरफाँटका साथै जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट र म्याग्दीको नागी–राम्चेका बासिन्दा पनि लाभान्वित भएका छन् । ४५ मिटर लामो बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले २०७९ फागुनमा दुई करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजना प्रमुख जगत प्रजापतिले आगामी असार मसान्तसम्म सम्झौताको म्याद भएपनि एक महिना अघिनै बेलिब्रिज निर्माण सकिएर प्रयोगमा आएको बताए ।
बेनी–जोमसोम कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना पोखरेबगर स्थित कालीगण्डकीमा रहेको बेलिब्रिज बगरफाँट जोड्ने सडकमा स्थानान्तरण गरिएको हो । हिमालयन बिल्डर्सका सञ्चालक निरज भण्डारीले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्य अघिनै पुल निर्माण गर्न सकेको बता ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार