यार्सागुम्बा टिपेर फर्किने क्रममा हिउँमा चिप्लिएर बालिकाको मृत्यु
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १८:९:३८
२९ जेठ, दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलन गरी फर्किने क्रममा घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।
जिल्लाको खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउमा चिप्लिएर घाइते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको थियो। त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पोल चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार