रिपब्लिक मिडियाको आईपीओमा माग भन्दा बढी आवेदन
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १०:५५:३७
३० जेठ, काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो ।जसअनुसार आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । सोमबार साँझसम्ममा १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
यस कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
जसमध्ये ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता शेयर बिक्री गरिसकेको छ ।
यस्तै, ५% ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोष र ४% ले हुने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ ।
कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त शेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
असोज २१, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार