असन्तुलित अर्थतन्त्रः यो अवस्थामा नेपालको अर्थतन्त्रको मोहोडा कता फर्कने होला ?
भेषराज पोखरेल
जेठ ३०, २०८० मंगलबार ११:९:२
नेपालको अर्थतन्त्र कमजोर बन्दै गएका बेला अर्थतन्त्रको मोहोडा अर्थात् यसको दिशा कता फर्कन खोजेको होला ? सरकारले आन्तरिक र बाह्य लगानी बढाएर औद्योगीकरणका गर्ने, रोजगारी बढाउने तथा आन्तरिक उत्पादनमा वृद्धि गर्ने बताइरहेको छ । बजेटमा पनि यही कुरा उल्लेख भएको छ । अझ आन्तरिक उत्पादनमा वृद्धि गरी आयातमा कम गर्ने पनि उल्लेख गरिएको छ तर बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिँदै गएको छ भने लगानी गर्ने उद्योगी व्यवसायी नयाँ लगानी गर्न उत्साहित देखिएका छैनन् ।
अर्को, अर्थतन्त्र कमजोर भएका बेला सरकारले आन्तरिक उत्पादन र खपत बढाउन विशेष रणनीति (पोलिसी) बनाई गति दिन प्रयास गर्छन् । अर्थतन्त्रको बाह्य पक्ष सुधार गर्न नेपाल जस्तो देशका लागि कठिन हुन्छ तर पनि प्रयास गरिने भयो । अचम्मलाग्दो छ सरकारले यसो गर्छाैं, उसो गर्छौ भने पनि, अनेकौं योजना बनाएको भने पनि अर्थतन्त्रको आन्तरिक पक्ष सुधार हुन सकेको छैन । बाह्य पक्ष भने सरकारको ठूलो प्रयास नहुँदा पनि सुधार हुँदै आएको छ । यसले अर्थतन्त्रको अबको बाटो अर्थात् यसको माहोडा कता फर्कने होला ? चासोको विषय बन्न गएको छ ।
अघिल्लो वर्षदेखि बैंकमा लगानीययोग्य रकम अर्थात तरलताको अभाव भइरह्यो । यो आर्थिक वर्षको मध्यतिरबाट तरलताको अवस्थामा सुधार हुँदै गयो । आर्थिक वर्षको दश महिना बित्दा बैंकहरुमा ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ११ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २ खर्ब ३१ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । यो आर्थिक वर्षमा निक्षेप संकलन बढेर लगानीयोग्य रकम पर्याप्त भए पनि लगानी भने अति न्यून भएको तथ्यांकले देखाएको छ ।
यो वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ मात्र ऋण लगानी गरेका छन् । यस्तो अवस्थामा अर्थतन्त्र फैलने नभई खुम्चने निश्चित छ । यस्तो किन भयो त ? यस्तो किन भयो त ? यसको मुख्य कारण त बैंक तथा वित्तीय संस्थाको ऋणमा बढेको ब्याज हो । महँगो ब्याजमा ऋण लिएर ठूलो रकम उद्योग व्यवसायमा लगानी गर्न सकिने अवस्था रहन्न । हुन त पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणको ब्याज घटाउन थालेका छन् तर अझै पनि सुविधाजनक अवस्थामा छैन । अर्को, यो वर्ष प्रत्यक्ष विदेशी लगानी पनि ठूलो मात्रामा घटेको छ ।
गत वर्ष १६ अर्ब ६५ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी आएकोमा यो वर्षको वैशाख मसान्तसम्म ४ अर्ब ३६ करोड रुपैयाँ मात्र आएको छ । आन्तरिक लगानी घटेका बेला विदेशी लगानी पनि प्रोत्साहन हुने कुरा भएन । कोरोना कालमा कमजोर अवस्थामा पुगेको उद्योग व्यवसाय तंग्रिँदै जान थाले पनि रोजगारीको अवस्थामा सुधार हुन सकेको थिएन । जसले गर्दा त्यस बेला गुमेका रोजगारी पहिलेको अवस्थामा नजाँदै रुस–युक्रेन युद्धका कारण कच्चपदार्थको अभाव, महँगी र आमसर्वसाधारणको क्रयशक्ति घट्दै गएकाले अर्थतन्त्र मन्दीको अवस्थामा गयो । यसले गर्दा उद्योग व्यवसायमा लगानी उत्साहित हुन सकेन । अझै पनि त्यही अवस्था कायम रहेको छ । बजेटमार्फत पनि यो अवस्थामा सुधार गर्न विशेष नीति लिइएन । यसले अर्थतन्त्रको दिशा प्रगति उन्मुख तथा आत्मनिर्भरतर्फ जान कठिन छ ।
पछिल्लो समय अर्थतन्त्रको बाह्य पक्षमा केही सुधार आएको छ । बाह्य पक्षका तथ्यांकहरुमा स्वतः सुधार आए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले ज्यादै ठूलो प्रयासपछि कमजोर अर्थतन्त्रलाई यहाँसम्म ल्याएँ अब सबै क्षेत्र लागेर उठाउनुपर्छ भनिदिए । अर्थतन्त्रका बाह्य पक्ष सुधार गर्न सरकारले विशेष नीति अवलम्बन गरेको होइन । बरु मौद्रिक नीतिमार्फत् विलासिताका वस्तुको आयातमा प्रतिबन्ध र अन्य केही सामग्रीको आयातमा कडाइ गरियो तर त्यसको अनुगमन गरिएन । जसले गर्दा भन्सारबाट आयात भएन तर अवैध बाटोबाट सामग्री तस्करीमा भन्सार महसुलबिना सामान आइरह्यो । अहिलेसम्म पनि भन्सार राजस्वमा सुधार आउन सकेको छैन । विदेशी मुद्रा सञ्चिति बढेर जानुमा पछिल्लो समय काम गर्न विदेश जाने युवाहरुको संख्या बढेर गयो, उनीहरुले नेपाल पठाउने पैसा बढेर गयो । अहिले विदेशबाट रेमिट्यान्स प्रत्येक महिना १ खर्ब रुपैयाँभन्दा बढी आउने गरेको छ । यसले नेपालको अर्थतन्त्रको बाह्य पक्षमा सुधार आएको हो ।
यो आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म १० खर्ब ५ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसले गर्दा विदेशी मुद्रा सञ्चितिमा प्रगति भएको हो । यो आर्थिक वर्षको वैशाख मसान्तसम्म १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित भएको छ । गत वर्षको यही अवधिको ११ खर्ब ४६ अर्बभन्दा निकै धेरै हो । एकातिर विदेशी मुद्रा सञ्चिति बढेको छ, अर्को शोधनान्तर स्थितिमा पनि सुधार भएको छ । वैशाख मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुनु भनेको सरकार सहज अवस्थामा हुनु हो । ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहनु भनेको नेपालका लागि राम्रो कुरा हो । यति हुँदाहुँदै पनि उद्योग व्यवसायको उत्पादनमा लगातार गिरावट आउनु, राजस्व संकलन घट्दै जानु भनेको अर्थतन्त्रका लागि खतराको अवस्था नै हो । राजस्वले राज्यको दैनिक प्रशासनिक खर्चसमेत धान्न नसक्ने अवस्थामा विकास बजेट जुटाउन कठिन हुन्छ ।
अर्को, अर्थतन्त्रको यही गति (ट्रेण्ड) रहँदा युवाहरु अझ धेरै बाहिरिन सक्ने भए । उनीहरुले पठाएको रेट्यिान्सले उपभोग्य सामग्री आयात झन्झन् बढ्ने भयो भने आन्तरिक उत्पादनमा लागेको ओरालो अझ बढ्ने भयो । कृषि क्षेत्र थप धराशायी हुने भयो । यसले नेपालको अर्थतन्त्र आत्मनिर्भर नभएर झन् परनिर्भर बन्ने स्थिति आउने भयो । यस्तो अवस्थामा नेपालको प्रगति कसरी होला ? सबै पक्ष गम्भीर हुने बेला आएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार