७० वर्ष उमेरको प्रावधान हटेपछि वामदेवदेखि रामकुमारी झाक्रीसम्मका नेताको एमाले फर्कने तयारी
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार ११:४१:२
३० जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरी अध्यक्ष बन्ने बाटो खोल्नका लागि ७० वर्ष उमेर हद हटाइएपनि एमालेका युवा नेताहरु भने पहिले पार्टी छाडेर गएका बुढा पाका नेताहरुलाई पुनः एमालेका फर्काउन उमेर हद निलम्बन दिएको बताइरहेका छन् । उमेरहदको खास मक्सद ढाकछोप गर्न कठिन भइरहेका बेला पार्टी छोडेर गएका वामदेव गौतम लगायतका नेताहरुलाई ल्याएर त्यसको औचित्य पुष्टि पनि खोजिएको छ ।
एमालेले विधानबाट ७० वर्षे उमेरहदलाई निलम्बन गरेपछि पूर्वएमाले नेताहरू वामदेव गौतम लगायत एमालेमा पर्कने तयारीमा पनि छन् । बाधक रहेको उमेर हद अब हटिसकेको भन्दै एमालेकै नेताहरुले गौतम र उनको समूहलाई पार्टीमा ल्याउने कसरत शुरु गरिसकेका छन् । केही दिन अघि एमालेका उपाध्यक्ष विष्णु पौडेलले गौतमलाई भेटेर पार्टीका आउन औपचारिक निम्तो पनि दिइसकेको बताइन्छ ।
विधानबाट उमेर हद हटाएपछि गौतमले उत्साही हुँदै एमालेमा जान सकिने अभिव्यक्ति दिएका थिए । त्यसकै आधारमा नेताहरुले यस्तो पहलकदमी थालेका हुन् । गौतम सो अभिव्यक्तिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गौतमको संगठित सदस्य एमालेमै रहेको टिप्पणी गरेका थिए । ‘अहिले धेरै कुरा नगरौ गौतमसँगै उहाँसँग रहेको टिम एमाले प्रवेशको तयारीमा छ उहाँको एकता समूह छ त्यो सबै एमालेमा ल्याउने गृहकार्य हुँदैछ’, एमालेका एक नेताले भने । युवाहरुको चुनौतीको सामनाका बीच एमालेले दुईवटा महाधिवेशनसम्म अभ्यास गरेको ७० वर्षे उमेरहद निलम्बन गरेको छ ।
बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनबाट एउटै कार्यकारी पदमा दुइपटक भन्दा बढी निर्वाचित हुन नपाइने व्यवस्था एमालेले गरेको थियो । त्यस्तै २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट ७० वर्ष उमेर हदको प्रावधान राखिएको थियो । तर यसपटक मुकुन्द न्यौपानेलाई देखाएर सचिवलाय बैठकबाट निलम्बन गरेपछि वामदेव गौतमलाई पनि पार्टीमा ल्याउन सहज भएको छ ।
गौतमसँगै केशवलाल श्रेष्ठ, हरि पराजुली, बलराम बाँस्कोटा, डिबी कार्की लगायतका नेताहरु पनि एमालेमा आउने भएका छन् । उनीसँगै नेकपा एसमा रहेकी रामकुमारी झाक्री पनि एमालेमा आउन लागेको स्रोतले जनाएको छ । विगत लामो समयदेखि झाँक्री माधव नेपालसँग सन्तुष्टि छैनन । उनी यतिबेला एस पार्टीमा निस्कृय जस्तै बसेकी छिन् । उनले पार्टीको बैठकमा बसेपनि विना प्रतिक्रिया हिडने गरेकी छिन् । शहरी विकास मन्त्रालयबाट हटाएदेखिनै उनले एसका नेताहरूप्रति राम्रो दृष्टि लगाउन सकेकी छैनन । कुनै समय एमाले अध्यक्षको गाली र तारिफ दुवै गर्ने गरेकी छिन् ।
‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ,’ एमाले विधानको धारा ६४ मा भनिएको छ, ‘तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुग्ने छैन ।’
सचिवालय बैठकले उमेर हद निलम्बन गरेपछि अध्यक्ष ओलीलाई फेरि तेहेरिने मौका मिलेपनि एमालेका युवा नेताहरुले त्यसमा सहमति जनाउन सकिरहेका छैनन । ७४ वर्ष उमेर पुगेका वामदेवले यो निर्णयपछि एमालेमा फर्किन खुट्टा उचालिसकेको अवस्थामा एमालेकै नेताहरुले पनि पहलकदमी थालेका छन् । ‘उमेरहद हटाएपछि एमालेमै फर्किने हो । साथीलाई पनि लिएर जान्छु,’ गौतमले गत बुधवार सञ्चारकर्मीसँग भनेका थिए , ‘पार्टी सदस्यता नवीकरण गर्न श्रीमती तुलसा थापालाई पठाइहाल्छु ।’ तर ओलीले बुधबार नै सदस्यता यता भएको अवस्थामा उनलाई आउन बाधा नभएको बताएका थिए ।
त्यसयता एमालेका नेताहरुसँग गौतमको निरन्तर संवाद चलिरहेको छ । मुकुन्द गौतम पार्टी प्रवेशको दिन गौतमको दूत बनेर एमाले कार्यालय च्यासल पुगेका केशवलाल श्रेष्ठले चाडै नै गौतम पार्टीमा फर्किने संकेत गरेका छन् । श्रेष्ठले नै गौतमलाई एमालेमा प्रवेश गराउने वातावरण तयार गरिरहेका छन् । श्रेष्ठ र एमाले नेताहरुको बारम्बार भेटघाट भैरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार