प्रचण्ड-बाबुरामविरुद्धको रिट सुनुवाइ न्यायाधीश मल्लकाे इजलासमा हुँदै
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १२:२०:२७
३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसकपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर युद्ध अपराधसम्बन्धी रिटमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी चढेको छ ।
नेकपा (माओवादी)को तत्कालीन सशस्त्र संघर्षमा आफूहरुलाई युद्धमा ग्रिनेड, सकेट बम, राइफल, युद्धका सामान ओसारपासरमा लगाएर बालअधिकारको हनन गरेको भन्दै काभ्रेका लेनिन विष्टसमेतले प्रचण्ड र बाबुराविरुद्ध ‘युद्ध अपराध’ कसुरमा कारवाहीको माग गर्दै यही जेठ २८ गते रिट दायर गराएका थिए ।
सशस्त्र संघर्ष (जनयुद्ध)मा प्रचण्ड अध्यक्ष तथा सुप्रिम कमाण्डर र बाबुराम जनसरकार प्रमुख थिए ।
सशस्ब (हतियारबन्द) संघर्ष २०५२ फागुन १ देखि २०६३ काे सुरूवातीतिरसम्म चलेको थियो । त्यसक्रममा माओवादीले नियमित लडाकूका रुपमा ‘जनमुक्ति सेना’ गठन गरेर तत्कालीन सामान्त राजतन्त्र विस्थापित गराउन तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारसँग भीषण लडाँइ लडेको थियो । पछि खुला राजनीतिमा रहेका ७ दलसँगको २०६२/०६३ को दोस्रो जनआन्दोलन सफलपछि २०६३ मंसिरमा ५ मा तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रचण्डबचि बृहत् शान्ति सम्झौता भएपछि संघर्ष राकिएको थियो ।
रोकिएपछि संयुक्त राष्ट्रसंघीय मिसनले माओवानी सेनाको प्रमाणिकरण गर्ने क्रममा ८ हजारभन्दा बढी संख्यामा बाल लडाकु पाइएपछि सेनाको रुपमा लिन अस्वीकार गर्दै क्याम्पबाट बाहिर पठाएको थियो । तिनै बाल लडाकु विष्टसमेतले न्याय र क्षतिपूर्तिका लागि रिट दायर गराएका हुन् । विष्ट पछिल्लो समयम नेकपा (एमाले)मा छन् । उनी नेता गोकुल बास्कोटा निकट पुगेका छन् ।
शान्ति सम्झौता भएसँगै माओवादी संसदीय व्यवस्थामा सामेल भयो । त्यसपछि संसदीय व्यवस्थाअन्तर्गत प्रचण्ड ३ पटक र बाबुराम एक पटक प्रधानमन्त्री भएका छन् । प्रचण्ड अहिले प्रधानमन्त्री छन् । प्रधानमन्त्री रहेकै अवस्थाबीच उनीविरुद्ध युद्धकालीन विषयमा रिट (०७९-wo-१३८८) दर्ता भएको हो । सुनुवाइ खाजा समयपछि हुनेछ जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार