पहाडमा फुटबलको मोह [ फोटोफिचर ]
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १२:३६:५
३० जेठ, काठमाडौं । भर्खरै मात्र पाल्पाको तानसेनमा पहिलो कर्णेल उजिरसिंह पाल्पा गोल्डकप को आयोजना भयो । तानसेन को टुँडिखेलमा एक मात्र खेल मैदानमा यो गोल्डकप खेलाइयो ।
गोल्ड कप प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । पाल्पामा झन्डै ३३ वर्षपछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता भएको छ । २०४७ सालसम्म ‘मणिमुकुन्द कप’ र ‘करुवा कप’ ले चर्चित पाल्पामा त्यसपछि भने राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । यसपटक भने पाल्पा जिल्ला फुटबल संघले तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजीरसिंह थापाको सम्झनामा ‘पाल्पा गोल्डकप २०८०’ को आयोजना भयो।
त्यही गोल्डकप हेर्न दर्शकहरु तानसेनबाट मात्र नभइ छिमेकी जिल्लाहरूबाट नि आउने घुइँचो लागेको थियो । धेरै समय पछि भएको यो खेलले गर्दा खालि देखिने टुँडिखेल मैदान को स्वरूप नै फेरिएको देखियो । जेठ २७ मा भएको यो गोल्डकपको फाइनल हेर्न मान्छे को भिड लागेको थियो । यसरी भिड धेरै पछि देखियो भन्छन् स्थानीय । करिब ४-५ हजार को हाराहारी मा दर्शकहरुको फाइनल हेर्न भिड लागेको थियो । जेठ १२ देखि सुरु भएको प्रतियोगिता २७ गते सेन्ट्रल कलेज रोड्स चितवन र होराइजन फुटबल क्लब वालिङ स्याङ्जा बिच फाइनल खेल भएर चितवन ले उपाधि लगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार