निगमलाई ५० वटा जहाज आवश्यक छ तर, स्वार्थ समूह नयाँ थप्न नदिने षडयन्त्रमा छः मन्त्री किराती
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १२:४३:०
३० जेठ, बुटवल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमलाई साना ठूला गरी ५० वटा जहाज आवश्यक हुने बताएका छन् । उनले सरकारले निगम सञ्चालन गर्ने नै हो भने ५० वटा जहाज अनिवार्य चाहिने बताएका छन् । जहाज थपेर व्यवस्थापन चुस्त बनाए निगमले धेरै ठूलो नाफा दिनसक्ने उनको भनाइ छ ।
नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किरातीले नयाँ जहाज थप्न आवश्यक भएपनि थप्न नदिने षड्यन्त्र भइरहेको बताए । नयाँ जहाज नकिन्ने भए निगम र मन्त्रालय खारेज गरिदिए हुने भनाइ छ ।
मन्त्री किरातीले निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको बताए । उनले भने, ‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ । किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’ निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किरातीले बताए । उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने दावी गरे ।
बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको र भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
उपकरण मर्मत हुन नसक्दा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
कात्तिक २९, २०८१ बिहिबार
यसअघि स्थगित भएको धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारको अन्तर्वार्ता मंसिर ९ मा गरिने
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार