गण्डकी सरकारको नजरमा गाँजा औषधिजन्य कच्चापदार्थ, अध्ययनका लागि बजेट छुट्याइँदै
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १३:१:२१
३० जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ । सरकारले ल्याउने बजेटमा अध्ययनका लागि बजेट विनियोजन गर्ने तयारी गरेको छ ।
यस्तै, भारतबाट आयात हुँदै आएको निउरो, सिलाम उत्पादनलाई प्राथमितामा राख्ने जनाएको छ । भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ ।
भूमिको उत्पादनशीलता अभिवृद्धि गर्न जग्गाको वर्गीकरण, चक्लाबन्दी, यान्त्रिकीकरण, व्यवसायीकरणमा जोड दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उत्पादनको दिगोपना र निरन्तरताको लागि उत्पादनसँग अनुदान जोडेर लैजाने भनिएको छ । सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने योजना सारिएको छ । यसनिम्ति ‘एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’को अवधारणा अगाडि सारिएको छ ।
स्थानीयस्तरमा कृषि उपज उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र (कोल्डस्टोर) स्थापना गर्ने र किसानलाई निश्चित मापदण्डका आधारमा भण्डारण शुल्कमा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउने नीति लिइएको छ ।
प्रदेशमा उत्पादित कृषि उपजको बेचविखनमा संलग्न व्यवसायीलाई प्रोत्साहन गर्न उत्पादित कृषि उपजको बजारीकरण तथा ढुवानी व्यवस्थापनका लागि स्थानीय तहसँग सरकारले आवश्यक समन्वय गर्ने भनिएको छ ।
प्रदेश सरकारहरुले केन्द्र सरकारकै पदचाप गर्दै कृषि र विकासका कामलाई उच्च प्रथामितामा राख्न थालेकाछन् । केन्द्र सरकारले गाँजा खेतीका लागि संभाव्यता अध्ययनमा कराेडाैं बजेट विनियाेजन गरेकाे छ ।
औषधको सूचीमा राखेर यसको उत्पादन, ओसारपासर, बेचबिखन तथा सेवन वा भण्डारण गर्न प्रतिबन्ध छ । गाँजाकै कारण अहिले सयौं नागरिक जेलमा छन् ।
व्यापारीले लुकिछिपी उत्पादन गर्दै आएका गाँजाको बिरुवा नै प्रहरी आफैं खटिएर नष्ट वा जलाउँदै आइरहेको छ । केन्द्र सरकारले गाँजाको फइदा अरुले नै लिन थालेको भन्दै औषधिमूलो वस्तुको रुपमा ग्रहण गर्ने र त्यसनिम्ति कानून संशोधन गर्ने बताएको छ । गण्डकीमा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ ।
बझाङ, मुगु, मकवानपुर, उदयपुर, धादिङ, सिन्धुलीमा सुरक्षाकर्मीकाे आँखा छलेर गाँजा खेती लुकिछिपी लगाउँदै आइरहेको पाइन्छ ।संयुक्त राष्ट्र संघले गाँजालाई औषधिजन्य वनस्पतिको सूचीमा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार