गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १३:१९:०
३० जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिए ।
यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद देखिएका पाँचजनाको परीक्षणमा चारमा दादुरा भएको पुष्टि भएको थियो । “दादुरा देखिएपछि ती चार जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उनले भने, “अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ, हामीले फैलिन दिएनौँ ।”
उनले उक्त विद्यालयका १५ वर्षमुनिका चार सय १९ जनालाई दादुराविरुद्धको खोप पनि दिइएको जानकारी दिए । विद्यालयमा रहेका पाँच सय ६० को परीक्षणमा ६३ जनामा दादुरा जस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने दादुरा जस्तै समस्या देखिएको थियो । शाखाप्रमुख उपाध्यायले ती दादुराका शङ्कास्पद देखिएका बिरामीलाई भिटामिन ‘ए’ खुवाइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार