संगीत तथा नाट्य प्रतिष्ठानको भ्वाइस एण्ड स्पीच कार्यशाला
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १५:२७:१७
३० जेठ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशाला सोमबार सम्पन्न भएको हो । जेठ २६ गतेदेखि सञ्चालित कार्यशालामा नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिएका थिए । उनको सहायक प्रशिक्षकमा देव न्यौपाने थिए ।
प्रशिक्षक बरालले कलाकारमा सधैं तटस्थ हुने र आफूलाई स्विकार्ने गुण हुनुपर्ने बताए । ‘तपाईँहरू सर्वप्रथम आफूलाई स्वीकार्नुस् । अग्लो, होचो, कालो, गोरो, दुब्लो, मोटो जस्तो हुनुहुन्छ, त्यो सबै तपाई हो, यो कुरालाई स्विकार्नुस् । र, अन्य बाह्य वातावरणप्रति तटस्थ रहनुहोस्’, उनले भने ।
प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रशिक्षार्थीहरूलाई निरन्तर साधनामा लाग्न सुझाव दिइन् । ‘अभिनय भनेको धेरै ठुलो कुरो होइन, तर तपाईँले महसुस र मनन गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ’, उनले भनिन् ।
कार्यशालामा करिब ४३ जना प्रशिक्षार्थीहरूलाई आवाज तथा भाषण कला (भ्वाइस एण्ड स्पीच) का बारेमा प्रशिक्षित गराइएको हो । सहभागी प्रशिक्षार्थीहरूले कार्यशालाबाट कलामा तटस्थताको महत्त्व, आफू तथा वातावरणको स्वीकार्यता, भाषण र प्रस्तुति कला, आवाजको अभ्यासलगायत थुप्रै ज्ञानहरू हासिल गरेको बताएका छन् ।
नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले कलाका विभिन्न विधामा रूचि राख्नेहरूका लागि विभिन्न तालिम दिने उद्देश्यले वार्षिक क्यालेन्डर बनाएरै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेको छ । यसअघि आफूले विभिन्न जिल्लामा गरेका प्रशिक्षण अनुभवका आधारमा काठमाडौँमा यो कार्यक्रमको आयोजन गरिएको कुलपति शर्माले बताइन् । यसै वर्ष कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भेगमा नाटक प्रशिक्षणलाई निरन्तरता दिनेसमेत उनले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार