कोकाहाको पानी धरान झरेपछि खुशीले रोए मेयर हर्क राई, बाजागाजासहित धरानबासीले गरे नाचगान
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १६:०:२४
३० जेठ, काठमाडौं । करिब ४० किलोमिटर पार गरेर कोकाहा खोलाको पानी धरान आइपुगेको छ । गत वैशाख १० मा स्थानीय निर्वाचनमा धरानवासीलाई पानी खुवाउने वाचा गरेका हर्कराज राईले निर्वाचन स्वतन्त्रबाट विजयी भएदेखि नै निरन्तर लागेको वर्ष दिनपछि पानी गएराति धरानमा झरेको छ ।
सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्दै आएका धरानबासीले खुशी मनाएका छन् । पानी आइपुगेपछि मेयर राई खुशीले भावविभोर हुँदै रोएका हुन् ।
कांग्रेस, एमाले र माओवादीबाट निर्वाचित वडाध्यक्षहरुसँग राम्रो सम्बन्ध कायम हुन नसकिरहेकै अवस्थाबीच उनले स्थानीयसहितकाे ९७ दिनकाे श्रमदानबाटै ४० किलोमिटर टाढा रहेको बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी धरानमा झार्न सफल भएका हुन् ।
उनले निर्वाचनकाे मुख्य नारा नै खानेपानीलाइ बनाएका थिए । निर्वाचितपछि पटकपटक कार्यशैलीका कारण विवादमा तानिए पनि उनी खराे रूपमा प्रस्तुत हुँदै आएका छन् ।
पानी झरेपछि मंगलबार दिनभर धरानवासीले खुशीयालीमा नुहाउने, बाजागाजासहित नाचगान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार