१० केजीभन्दा सुन कम भेटिए फाँसीमा चढ्छुः थापा
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १७:३:४५
३० जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले उक्त कुरा बताएका हुन् ।
सदस्यसचिव थापाले पशुपतिनाथ मन्दिरमाको ज्योतिर्लिङमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार नभएको दाबी गरे । थापाले जलहरीमा प्रचार गरिएजस्तो १० केजी सुन कम भेटिए आफू फाँसीमा लड्किन तयार रहेको बताए ।
बैठकमा थापा आफूलाई बाहिर हिँडदा समेत सुन चोर भन्ने अवस्था आएको धन्दै आँसु खसालेका थिए । जलहरीमा १० किलो सुन गायब पारेर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै संसदमा समेत कुरा उठेपछि छानबिन गर्नुपर्ने आवाज सांसदहरुले उठाइरहेका छन् ।
सुन गायब पारेर भ्रष्टाचार गरेको भन्ने विषय पुष्टि गर्न समेत उनले चुनौति दिए । भ्रष्टाचार भएको प्रमाणित भए आफू फाँसीको सजाय भोग्न तयार रहेको भन्दै गलत प्रचार गरेर बद्नाम नगरिदिन आग्रह गरे । गलत प्रचारबाट आफ्ना दुईवटा बच्चालाई पर्ने नकारात्मक असरबारे ध्यान दिन आग्रह गरे ।
जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको थापाले बताए । आफूले पटक–पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै थापाले असन्तुष्टि जनाए ।
थपाले भने, ‘९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माइन्युटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो । आज मेरो गाउँभरि बेइज्जत भयो । मेरो दुई जना सन्तान छन् । म कमजोर होइन । तर राज्यले कमजोरी बनायो । आयोगले छानबिन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो ।’
आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै थापाले राज्यको नीति यही हो ? भनि प्रश्न गरे ।
नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने भन्दै उनले यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटी गरेको बताए । सेनालाई विश्वास गर्ने कि नगर्ने ? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको उनले बताए ।
सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरूलाई प्रश्न गरे ।
‘म यो सुनको जलहरी समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौताअनुसार हामीले सुन लिएर आएका छौँ –१०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो । राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ?’ थापाले भने, ’त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो । उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्री भरिमा त्यो सकाउनु भनिएको थियो । हामीले सकायौँ । गल्ती के ग¥यौँ ?’
जलहरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने थापाको भनाइ छ । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार