शेयरबजारमा उछाल आँउदा ४ अर्ब नाघ्यो कारोबार
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १८:९:१३
३० जेठ, काठमाडौं । शेयरबजारमा उछाल आएको छ । सुधारउन्मुख तरलता, घट्दो ब्याजदर र साना लगानीकर्ताले अतिरिक्त कर तिर्न नपर्ने अर्थमन्त्रीको भनाइपछि लगानी कर्ताहरु निर्धक्क देखिएका छन् । मंगलबार मात्र ४ अर्ब माथिको कारोबार भएको छ । ीबहmष् द्यबलप
बजेटपछि चलायमान हुन थालेको आर्थिक गतिविधिसँगै सुधारउन्मुख तरलता र घट्दो ब्याजदरले पनि शेयरबजारको मनोबल बढाएको देखाउँछ । ९६ दिनपछि सूचक दुई हजारको विन्दु माथि उक्लिएको छ । बजार रियाली बनेको छ । दुई दिन चलेको करको विवाद पनि माग अनुकूल सम्बोधन हुँदा लगानीकर्ताको मनोबल निरन्तर बढेको देखिन्छ । निर्धक्क लगानीको वातावरणले बजारमा त्यसयता हरियाली मात्रै छाएको छ ।
साथै बाह्य क्षेत्रको सुधारले लगानी सुविधाजनक रहेको संकेत गरेको हो । निस्फिक्री लागनी गर्न थालेपछि बजारमा भित्रिने रकम पनि उल्लेख्य हुन थालेको छ । यसै गर्दा मंगलबार सेयर बजार ३४.१७ अंक बढेर २०२० को विन्दुमा कायम छ । बजारमा उछाल आउँदा कारोबार ४ अर्ब नाघेको छ । ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट नै लाग्यो। कारोबारमा आएका लगभग सबै सेयरहरु बढेका छन् ।
मंगलबार शेयरबजारको परिसूचक नेप्से २ हजार २० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३४ अंक बढेर २०२० अंकमा कायम भएको हो । कारोबार भइरहँदा २ ः २२ बजे नेप्से २०३४ अंकसम्म पुगेको थियो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
सोमबार २ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको कारोबार भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ५८, फाइनान्स ३६, होटल तथा पर्यटन १०३, जलविद्युत् ४८, जीवन बीमा २७६, उत्पादन २२१, माइक्रोफाइनान्स ९६, निर्जीवन बीमा २२४, अन्य १५ र ब्यापार उपसमूह ६१ अंक बढे ।
प्रतिशतका आधारमा उत्पादन उपसमूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, भूगोल इनर्जी, सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन डिस्टिलरीको ८.८ र शिवम् सिमेन्टको मूल्य ८.२ प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, सोल्टी होटल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
झापाका हर्कराज राई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार