यात्रुवाहक बसबाट ५५ लाख मूल्यको सुनसहित युवक पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १२:९:४३
३१ जेठ, काठमाडौं । मकवानपुरमा यात्रुवाहक बस चेकजाँचका क्रममा एक यात्रुलाई झण्डै ५५ लाख मूल्यको अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट जिल्ला प्रहरी कार्यालयको टोलीले झन्डै साढे करिब ५५ लाख रुपैयाँ बराबरको अवैध सुनसहित वीरगन्ज महानगरपालिका-१६ का २२ वर्षीय किसन साहलाई पक्राउ गरेको हो ।
आज बिहान रातमाटे चेकपोष्टमा प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बस चेकजाँच गर्दा ३ बजे ५४ लाख ४८ हजार रुपैयाँ बराबरको ५६१ ग्राम अवैध सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अभियुक्त साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएर ल्याइरहेको अवस्थामा फेला परेको प्रहरीको दाबी छ ।
साहलाई बरामद सहित पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त साहलाई आजै सार्वजनिक गरिएको छ ।
सुन काठमाडौं ल्याउने क्रममा रहेको र कसलाई दिन ल्याइएको हो भन्नेबारे खुलिनसकेको बताइएको छ । साह भरियामात्र हुन् या कारोबार भन्नेबारे गहिरो अनुसन्धान भइरहेको जनाइएको छ ।
यस्तै, सोही चेकपोष्टबाट वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा १०० थान साडी र ६०० थान सल बरामद गरिएको छ । उक्त सामान करिब एक लाख ५ हजार रुपैयाँ बराबर मूल्यको रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलमा अध्यादेशका विषयवस्तुबारे विज्ञसँग छलफल, भोली पनि बैठक
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार