संसदीय सुनुवाइ समितिले गर्यो प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिनेहरुसँग छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १३:४:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/sunuwai-1462023080856-1000x0_OfGUMRPlJM_QEFkeii6Vx.jpg)
३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिनेहरुसँग संसदीय सुनुवाइ समितिले छलफल गरेको छ । कार्कीविरुद्ध २९ जनाले उजुरी दिएप नि समितिले २३ जना उजुरीकर्तासँग छलफल गरिरहेको हो । बिहान ११ बजेपछि उनीहरूलाई १० मिनेट समय दिएर समितिका सदस्यहरूले छलफल गरेका हुन् ।
यसअघि प्रस्तावित प्रधानन्यायाधीश उजुरी दिएका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिमा एक्लाएक्लै नजाने भन्दै विरोध गरेका थिए । समितिले उजुरीकर्तालाई एक–एक जना गरेर १९ मिनेटका दरले बोल्ने कार्यविधि बनाएको थियो । तर, हुल बाँधेर सिंहदरबार प्रवेश गरेका उजुरीकर्ताले समितिको ढोकामा सामूहिक रूपमा प्रवेश नदिएसम्म प्रवेश नै नगर्ने भन्दै विरोध गरेपछि भित्र छिराइएको थियो ।
पछि बैठकमा प्रत्येक उजुरीकर्तालाई बोल्नका लागि १० मिनेटको समय छुट्याइएको छ । समान प्रकृतिका ३ उजुरी परेकाले समान किसिमका उजुरीकर्तालाई सँगै बोलाइएको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको बिहीबार संसदीय सुनुवाइ हुनेछ । समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको ती उजुरीकर्ताको आरोप छ । अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार