जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन संसदीय समितिकाे निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १३:२५:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/ramechhap_election_ofi_gZdXgAMLDJ_KpbxkH7fqZ.png)
३१ जेठ, काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने निर्णय सच्याउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव सच्याउन निर्देशन दिएको हो ।
१५ जेठमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी सरकारी निकाय खारेज गर्ने उल्लेख गरेका थिए । जसमा जिल्ला निर्वाचन कार्यालय, दुग्ध विकास संस्थान (डीडीसी), गोश्वरा हुलाक कार्यालय लगायत रुग्ण अवस्थामा सरकारी स्वामित्वको उद्योग, कारखानाहरु खारेज गर्ने जनाएका थिए । प्रदेशमा निर्वाचन कार्यालय राख्ने उल्लेख छ ।
जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्दा सरकारलाई वार्षिक २ करोड रुपैयाँ खर्च कम हुने डा. महतलेका जिकिर गरेका छन् । तर सांसदहरुले उनको बजेट नीतिको घोर विरोध गरेपछि कार्यालयलाई खारेज नभई सीडीओ कार्यालयभित्र एक ईकाइको बनाएर राख्ने भनिएको भन्दै बचाउ गर्दै आइरहेका छन् । जसलाई सांसदहरुले विश्वास गर्न सकेका छैनन् ।
सोही विषयमा निर्वाचन आयोगले गत हप्ता सर्वदलीय बैठक बोलाएर दलहरुसँग छलफल गर्दा सबै दलले जिल्ला निर्वाचन कार्यालय खारेज गर्दा मतदाताको स्वतन्त्र मतदान अधिकार र चुनाव निष्पक्ष हुन नसक्ने भन्दै खारेजीको विपक्षमा उभिएका थिए । आयोगले २ करोड रुपैयाँ खर्च कुरा मात्रै हो भने आयोगले अन्यत्र शीर्षकबाट जुटाएर दिने तर खारेज गर्न नहुने बताएको छ । खारेजी निर्णय फिर्ता नभए असार १ गतेबाट जिल्ला निर्वाचन कार्यालयबाट हुने सम्पूर्ण काम बन्द गर्ने चेतावनी समेत दिइसकेको छ । त्यसपछि महत बचाउमा उत्रिएका हुन् ।
यस्तो अवस्थाबीच आज बसेको संसदीय समितिले पनि महतलाई कार्यालय खारेजी निर्णयलाई पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार