खडेरीपछिको वर्षाले किसानलाई राहत
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १३:५९:३०
३१ जेठ, बलेवा । धान र कोदो रोप्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान दुई दिन यताको वर्षाले खुसी छन् । बागलुङमा शुक्रबारदेखि सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।
वर्षासँगै किसानले बेसी खेतमा रोपाइँ थालेका छन् भने बारीमा कोदो रोप्न सुरु भएको छ । बागलुङका उच्च पहाडी क्षेत्रमा ढिलो कोदो रोपाइँ हुने गरेको भए पनि समथर बेँसी क्षेत्रमा जेठको दोस्रो सातादेखि कोदो रोपाइँ सुरु हुने गरेको छ ।
“यही जेठको १५ देखि कोदो र असारको १५ देखि धान रोप्न सुरु गर्ने परम्परा जस्तै थियो तर पछिल्ला केही वर्ष खडेरीका कारण तलमाथि हुन्छ”, जैमिनी नगरपालिका–१ कुश्मिशेराका किसान गुरुप्रसाद शर्माले भने, “यस वर्ष खडेरीले सुक्न थालेको कोदोको बीउले वर्षापछि सास फेरेको छ, अब रोपाइँ हुन्छ ।”
खडेरीले बागलुङमा उत्पादनको हिसाबले पहिलो खाद्यान्न बाली मकैमा क्षति पुगेको छ । यहाँ २० हजार सात सय हेक्टर जमिनमा मकै लगाउने गरिएको छ । शुक्रबारदेखि वर्षा भए पनि जिल्लाभर वर्षा भएको छैन । छिटफुट ठाउँमा अझै वर्षा नभएकाले मकैबाली सुक्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।
“खण्डवृष्टि भएको छ, पानी परेको क्षेत्रमा किसान खुसी छन्, केही ठाउँमा अझै पानी नपरेकाले बाली सुक्न थालेको छ”, भट्टराईले भने, “अन्य जिल्लामा जस्तो प्रभाव नपरेको भए पनि उत्पादनमा भने खडेरीले कमी ल्याउने निश्चित छ ।” जिल्लामा सबैभन्दा धेरै खडेरीको प्रभाव अलैँची खेतीमा परेको छ । किसानले पाखो बारीमा लगाएको अलैँची खडेरीका कारण सुक्ने, डडुवा रोग लाग्ने लगायतका समस्या देखिएको उनले बताए । एक सय हेक्टर जमिनको अलैँची खडेरीले कामै नलाग्ने भएको छ ।
खडेरीका कारण सुक्न थालेका खाद्यान्न बालीमा वर्षा भएपछि राहत मिलेको छ । घोगा लागेका मकै तथा मुखैमा धानचामल निकालेको मकैबाली लामो समयको खडेरीका कारण सुक्न थालेका थिए भने धानको ब्याड तथा कोदोको बीउसमेत सुक्न थालेको थियो । खडेरीका कारण ओइलिएका खाद्यान्न तथा मकैबाली वर्षापछि हरियो देखिएका छन् । खडेरी पछिको वर्षाले यात्रामा समेत राहत मिलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति
जेठ २०, २०८१ आइतबार
हाते ट्रयाक्टर छोडेर गोरु पाल्दै किसान
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार