एमालेको नेतृत्व परिवर्तन भए नेकपा जन्माउन सकिन्छः प्रचण्ड
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १४:७:६
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको नेतृतव परिवर्तन भए पहिलेको जस्तै नेकपा व्युताउन सकिने बताएका छन् । उनले समाजवादी मोर्चा हुँदै नया नेकपा बनाउने तयारी भइरहेको बताएका छन् । प्रचण्डले एमालेसहितको मोर्चा बनाउन भने उसको नेतृत्व परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए । उनले नेकपा एमालेमा पनि एकताका पक्षधर रहे पनि मूल नेतृत्व नै एकताको बाधक देखिएको बताए । एमालेमा पनि एकताका पक्ष्ँधर भएको तर, नेतृत्व बाधक भएको बताए ।
प्रचण्डले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्ने छ । एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूलरूपमा एकताको बाधक देखिन्छ । त्यसकारण एमालेसहितको मोर्चा बन्न अहिलेको नेतृत्वले हटाइनुपर्छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिएपनि नेकपा बनाउने कुरा एमालेमा अहिलेको नेतृतव रहेसम्म सम्भव नहुने बताए ।
मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’
विगतमा नेकपा एमालेसँग एकता गरेर नेकपा बनाए पनि सफल नभएको भन्दै उनले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए । ‘हिजोको एकता कायम राख्न सम्भव भएन,’ उनले भने, ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ ।’ जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने भन्दै उनले त्यसका लागि सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार