प्राध्यापकलाई कालो मोसो दल्ने नेविसंघका जिल्ला सभापति पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १४:३७:५८
३१ जेठ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहाललाई कालोमोसो दलेको आरोपमा मोरङ प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।
अध्यक्ष दाहाललाई कालो मोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका सभापित सरोज पोखरेललाई गिरफ्तार गरेको हो । पोखरेललाई आज बिहान मोरङको बूढीगंगाबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपी पोखरेललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
आयोग अध्यक्ष दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए । घटनाको जिम्मा पोखरेलले लिएका थिए । मोसो दल्ने घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आयोगको कार्यालयले पोखरेलसहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएको बताइएको छ ।
घटनापछि नेपाल विद्यार्थी संघमा दुई धार देखिएको छ । जिल्ला संगठनले घटनाको जिम्मा लिएपनि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा मंगलबार विज्ञप्ति निकालेर मोसो दल्ने नीति संघको नरहेको र उक्त दाहालमाथि मोसो दिलिएको घटनमा संघको संलग्नता नरहेको बताएका थिए । मोसो दल्ने कार्यलाई उनले ‘अमावीय कार्य’को संज्ञा दिएका थिए ।
अध्यक्ष शेर्पाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन एक हप्ताको समयसीमा तोकेर विद्यार्थी नेता दिनेश शाही संयोजक र दीपेन रौनियार र दीपेन घले सदस्य रहेको छानबिन समिति गठन गरेको जानकारी समेत दिएका थिए । साथै घटनाको जिम्मेवारी घटनामा संलग्नहरु नै हुनुपर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार