वैधानिकताको प्रश्न उठाउँदै एक थरी उजुरीकर्ताले बहिष्कार गरे संसदीय सुनुवाइ समितिको बैठक
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १५:२१:२०
३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ समितिले गरेको छलफल टुंगोमा नपुगेर भाँडिएको छ । एकथरी उजुरीकर्ताले संसदीय समितिको वैधानिकतामा प्रश्न उठाउँदै समिति बहिष्कार गरेका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ता विभाजित भएका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीहरूले सामूहिक रूपमा प्रवेश पाउनुपर्ने बताएका थिए ।
समितिको कार्यविधि पनि आफूहरूको संलग्नतामा बनाउनुपर्ने उजुरीकर्ताको अडान थियो । अडान राख्ने समूह सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै बहिष्कार घोषणा गरेर हिँडेको छ । अर्को समूह समितिको बैठकमा प्रवेश गरेको छ ।
संसदीय सुनुवाइ समितिले बुधबार उजुरीकर्ताहरूलाई उजुरीबारे प्रस्टीकरणका लागि समितिमा बोलाएको थियो । एक–एक गरी समिति बैठकमा गएर आफ्नो उजुरीबारे स्पष्ट पार्ने कार्यतालिका समितिले बनाएको थियो । तर, उजुरीकर्ताले त्यसलाई अस्वीकार गर्दै समितिको वैधानिकतमा प्रश्न उठाए ।
संसद्को संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएकाले समिति नै वैधानिक नभएको उनीहरूको दाबी छ । सुरुमा उनीहरूले सामूहिक रूपमा प्रवेश पाउनुपर्ने माग राखेर बैठक कक्षको ढोकाबाहिरैबाट विरोध गरेका थिए ।
पछि उजुरीकर्ताकोतर्फबाट तीनजनाले बोल्ने सहमति भएपछि उनीहरूलाई बैठक कक्षमा प्रवेश गर्न दिइएको थियो । तर, बैठक कक्षमा उजुरीकर्ताहरूले समितिको वैधानिकता नै नरहेकाले सुनुवाइ गर्न नपाउने अडान लिएका उजुरीकर्ताहरू समिति नै बहिष्कार गरेर बाहिरिएका थिए ।
बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको समूहले समिति नै अवैध भन्दै विरोध जनाएका थिए ।
’हामीले संसदीय सुनुवाइ समिति नै अवैध छ भनेर सर्वोच्चमा उजुरी दिएका थियौं । तर सर्वोच्चले नवौं दिनमा आएर दरपिठ गरिदियो,’ उजुरीकर्तामध्येका एक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बताए ।
समितिले छलफलका लागि आह्वान गर्दा उजुरीकर्ताहरूले भने आफूहरूलाई सामूहिक रुपमा बोल्न दिनुपर्ने भन्दै आपत्ति जनाएका थिए । अहिले उनीहरूसँग समितिका सचिव पद्मप्रसाद पाण्डेले समन्वय गरिरहेका छन् ।
सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
कात्तिक २०, २०८१ मंगलबार
पञ्चेश्वर परियोजनाको ‘डीपीआर’ शीघ्र पूरा गर्न आग्रह
कात्तिक २०, २०८१ मंगलबार
नेकपा एसभित्र फरक विचार पक्षधरलाई थुमथुम्याउन एक पद एक व्यक्तिको अवधारणा
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
कात्तिक २०, २०८१ मंगलबार
कीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
कात्तिक २०, २०८१ मंगलबार
यसरी हुँदैछ उपत्यकामा छठको तयारीः फोटोफिचर
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार