ओदाल खोलामा पुल नहुँदा दुई जनाको मृत्यु, पुल निर्माणमा छैन ध्यान !
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १६:५४:४३
♦ राजेश भूल
३१ जेठ, काठमाडौं । कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत ओदाल खोलामा सम्झौता सकिएको ७ वर्ष पुगिसक्दा समेत पुल निर्माण हुन सकेको छैन।
पुल निर्माणको जिम्मा पाएको थेगिम गाल्वा जेभी कैलालीले समयमै काम सम्पन्न नगर्दा पुल निर्माण कार्य अलपत्र परेको हो । २०७३ भदौ १७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको काम २०७४ फागुन १७ मा सक्नुपर्ने समयावधि थियो । सो समयमा निर्माणको काम नसकिएपछि म्याद थप गरिएको थियो ।
त्यसपछि २०७८ चैत्र ३० गते सम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म काम सम्पन्न हुन नसक्दा यहाँका स्थानीय आक्रोशित बनेका छन् । ओदाल खोला हेर्ने साइड इन्चार्ज तारानाथ सिग्देलका अनुसार ३०र३० मिटरका दुई वटा स्पान बनाउनपर्ने पुलमा एउटा स्पान निर्माण भएको छ ।
पुलको भौतिक कार्य प्रगति ७५ प्रतिशत छ भने आर्थिक प्रगति ६१ प्रतिशत छ । अहिले भने पुल निर्माणको काम भइरहेको छ । सिग्देलका अनुसार फाउण्डेशन लगायतको काम सकिएको र स्पान निर्माणको काम जारी छ ।
साइड इन्चार्ज सिग्देलले निर्माण कम्पनीले अबको दुईरतीन महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताए । सडक डिभिजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी पीयूष चटौतले निर्माण कम्पनीलाई पुल निर्माणका लागि ताकेता गर्दै आएको जानकारी दिए ।
“निर्माण कम्पनीलाई काम गर्न पटक–पटक पत्राचार गरेका छौँ,उनले भने, तोकिएको समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीलाई हर्जाना समेत तिराएका छौँ।” सुचना अधिकारी चटौतका अनुसार निर्माण कम्पनीले ३ करोड ६० लाख रकम भुक्तानी लिइसकेको छ ।
“थेगिम गल्वा जेभीले ३ करोड ६० लाख रकम भुक्तानी लिइसकेको छ,चटौतले भने,त्यसमा २३ लाख पेश्की रकम समेत जोडिएको छ,बाँकी काम गरेको रकम हो ।” पेश्की बाफतको २३ लाख रकम फिर्ताका लागि धनगढी स्थित सिद्धार्थ बैंकलाई पत्राचार गरिएको उनले बताए ।
कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले ठेकेदारको लापरबाहीका कारण समयमै पुल निर्माणको कार्य सम्पन्न हुन नसकेको बताए । ओदाल खोलामा पुल नहुँदा जनतालाई दुःख भइरहेको उनले बताए । यद्यपि अहिले निर्माण कम्पनीले केही काम गरिरहेको उनको भनाई छ ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले पुल निर्माणका लागि पटक(पटक खबरदारी गरिएको बताए । “हामीले ओदाल खोलाको पुल संगै बंक–नायल–बुडर सडकखण्ड लगायतका विषयमा निर्माणका लागि पटक(पटक सम्बन्धीत निकायसंग आग्रह गरेका छौँ,खबरदारी गरेका छौँ,नगर प्रमुख ओझाले भने ।”
ओदाल खोलामा पुल नबन्दा धेरै नै दुःख भएको बताउँदै उपचार गर्न जान नसकेर घरमै मर्नुपर्ने अवस्था रहेको स्थानीय जंग बहादुर बुढाले बताए । हालसम्म पुल नबन्नु दुःखद भएको उनले बताए । काम नगर्ने निर्माण कम्पनीसंगको ठेक्का सम्झौता रद्ध गर्नुपर्ने उनको भनाई छ ।
स्थानीय पुष्कर बुढाले पुल निर्माणमा चरम लापरबाही भएको बताए। खोलामा पुल नहुँदा वर्षातको समयमा आवतजावत गर्न समस्या रहेको उनले बताए। पुल निर्माण नहुँदा वर्षातको समयमा बिरामीलाई अस्पताल लैजान नसकिने अवस्था रहेको बुढाले बताए ।
पुल निर्माणका लागि पटक-पटक सम्बन्धित निकायलाई गुहार्दै आए पनि सुनवाइ हुन नसकेको जयमति देवी मडैले बताइन् । उनका अनुसार खोलामा पुल नभएकै कारण दुई जनाको अकालमै मृत्यु भएको छ ।
“ओदाल खोलामा पुल नहुँदा भगवती देवी बुढा र मनिराम भुलको मृत्यु भयो,उनले भनिन,सर्पले टोकेका मनिराम र करेन्ट लागेकी भगवतीलाई पुल नभएका कारण हामीले समयमै अस्पताल लैजान नसक्दा मृत्युबाट बचाउन सकेनौँ ।” चुनाव जितेर गएका जनप्रतिनिधिहरुले पुल निर्माणका लागि चासो नदेखाएको उनको आरोप छ ।
पटक-पटक पुल निर्माणका लागि पहल गर्दा समेत कुनै सुनुवाइ नभएको स्थानीयको भनाई छ । ओदाल खोलामा पुल निर्माण पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । खोलामा पुल नहुँदा वर्षातको समयमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
ओदाल खोला पुल निर्माणका लागि २०७३ भदौ १७ मा थेगिम गाल्वा जेभी कैलालीले ठेक्का सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माण पूरा हुन सकेको छैन । ओदाल खोला पुलका लागि ५ करोड ४७ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार