जाति, भाषा र धर्मसम्बन्धी तथ्यांक सच्याउन महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १८:४:४१
३१ जेठ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी तथ्यांक सच्याउन नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले माग गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को जाती, भाषा र धर्म सम्बन्धी तथ्यांक गलत भएको भन्दै ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।
तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको भन्दै आदिवासी जनजाति संघ, संस्थाहरूले कानुनी व्यवस्थाअनुसार तथ्यांक सच्याउन र जातिभित्रको थरहरूलाई जातिको रुपमा नछुट्टाउन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने उक्त तथ्यांक सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘कानुनी व्यवस्था के छ त्यस बारेमा पनि म बुझ्छु। यसको विषयमा मलाई पनि जानकारी छैन। तथ्यांक कार्यालयका सम्बन्धित अधिकारीहरूलाई बोलाएर म कुरा गर्छु’ प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै जनजाति महासंघका महासचिव दिवस राईले भने, ‘कतिपय जातिभित्रका थरहरूलाई जाति बनाउनु हुँदैन, त्यसले विभाजन ल्याउँछ भन्ने कुरामा म पनि कन्भिन्स छु। यसबारेमा सत्य, तथ्य बुझेर करेक्सन गर्न लगाउँछु।’
जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ। यो कुरा कानुनसम्मत हुनुपर्ने माग आदिवासी जनजातिहरूले गर्दै आएका छन् । यसअघि आदिवासी जनजाति आयोगले समेत तथ्यांक विभागलाई तथ्यांक सच्याउन आग्रह गरेको भएपनि कार्यालयले बेवास्ता गरेको महासंघका महासचिव राईले बताए ।
यसैबीच सो अवसरमा उनीहरूले नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीका सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । सरकारले प्रतिष्ठान खारेज गर्ने तयारी स्वरुप आगामी वर्षको बजेट कटौती गरेको भन्दै प्रतिष्ठान नेपालमा रहेका आदिवासी जनजातिसँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्त्वपूर्ण निकाय भएको भन्दै त्यसलाई खारेज गरेमा आदिवासी जनजातिको पहिचान नै खारेज हुने बताएका थिए।
प्रतिष्ठान खारेज भएमा आदिवासी जनजातिहरूलाई पहिचान गर्ने प्रतिष्ठान ऐन पनि खारेज हुने र त्यसले आदिवासी जनजातिको पहिचान नै खारेज हुने खतरा बढेको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।
यसअघि ५९ आदिवासी जनजाति रहेको तथ्यांक रहेपछि २०७८ को जनगणनामा १२७ आदिवासी जनजाति रहेको तथ्यांक निकालिएको छ । त्यसमा जनजाति अगुवाहरुले एउटै जातभित्रका थरलाई जातको रुपमा देखाउँदा संख्या वृद्धि भएको देखिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार