कीर्ते कागजातका आधारमा नागरिकता बनाउन संलग्न भारतीयसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १८:२३:२
३१ जेठ, काठमाडौं । पाँचथरमा कीर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् ।
गंगाप्रसाद र सुमितले यसअघि पनि पटकपटक नागरिकता बनाउने प्रयास गरेकोमा पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका बखत उनीहरूले ल्याएका कागजात जाँच गर्दा सुमित भारतीय नागरिक भएको खुलेपछि पक्राउ गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बताए ।
पक्राउ परेका दुवैलाई प्रहरीले बुधबार पाँचथर अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अनुसन्धानले गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँग भएको थियो । गंगासँग दोस्रो विवाह गरेर आएपछि गंगाले प्रक्रिया पुर्याएर अंगीकृत नागरिकता बनाइदिएका थिए ।
सुमितले भारतबाटै नागरिकता लिनका साथै मतदाता परिचयपत्र पनि बनाएको प्रमाण भेटिएको प्रशासन स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार