विभिन्न हातहतियारसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:३९:६
३२ जेठ, काठमाडौं । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाले बोकेको झोला सडकमा फाली फरार पश्चात् प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमी स्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने २१ वर्षीय शशी राईलाई भरुवा बन्दुक २ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
असोज ३, २०८१ बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २, २०८१ बुधबार
सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार