जातीय भेदभावको विरूद्धको गीत 'नेपाली हाम्रो जात' सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १३:५७:१७
३२ जेठ, काठमाडौं । नेपालमा जातीय भेदभाव विरूद्ध धेरै गीतसंगीतहरू बन्ने गर्छन् । तर फरक मागसहित बनेको नयॉ गीत नेपाली हाम्रो जात सार्वजनिक गरिएको छ ।
डि.आर सुजन, हेमन्त कान्छा रसायली,राजु परियार, धर्म गन्धर्वको स्वर तथा डि.आर सुजनको शब्द रहेको गीतले जातीय विभेद अन्त्यको लागि अन्य गीत भन्दा फरक विषयवस्तु उठाएको छ । गीतले जातीय कोटा खारेज गरेर गरिब कोटा लागु गर्न दवाव सिर्जना गरेको छ । जातीय कोटा लागु गर्दा क्षमता भन्दा कमजोर मानिस छनौट हुने भन्दै संविधानले समान मानवको सबै जातलाई फेरि दलित भन्दै कोटा दिएर असमान ब्यबहार गरेको भन्दै शब्द नै खारेजीको माग गीतले गरेको छ।
जब सम्म दलित शब्दले तल्लो जाति भन्ने बुझाउँछ भने जातीय भेदभाव कहिले पनि अन्य नहुने तर्क गीतमा उठाइएको छ। डि.आर सुजनको शब्द तथा संगीत रहेको गीतलाई महेन्द्र भण्डारीको संगीत रहेको छ भने राजेन्द्र बाजुराली र गोबिन्द पराजुली र सागर बाजुराली ले रेकर्ड गरेका छन् ।
गीत मिक्सिङ खडक बाजुराली ले गरेका छन् भने मालश्री स्टुडियोले तयार गरेको गीतको अडियो र भिडियो भने डि.आर सुजन फिल्म्स प्रा.ली.ले तयार गरेको छ । यस गीतको भिडियोतर्फ परिकल्पना र कथा र निर्देशन डि.आर सुजनको रहेको छ भने गीतको भिडियोमा डि.आर सुजन,बिनोद परियार (झुले) सुरबिर पन्डित,रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसी,सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वोरी बराल,प्रिया पोख्रेल,आइपी आचार्य,अर्जुन कुवर, अर्जुन कार्की, सुशिला बिस्वोकर्मा, पुजा श्रेष्ठ, कल्पना मल्ल,सुश्मा खड्का, महेन्द्र शर्मा, बाल कलाकार, सुजित रेग्मी, शोहन थापा आदिले अभिनय गरेका छन् ।
गीतको भिडियोलाई प्रोडक्सन म्यानेजर सुर्य ओल्के गरेका छन् भने मेकअप रोनिशा अधिकारी तथा छायांकन करन चैसिर ले गरेका छन् पोस्ट प्रोडक्सन डि.आर सुजन फिल्म्स गर्ने बनाइएको छ । करिब एक हप्तामा रिलिजको तयारी गरिएको गीतलाई जातीय विभाग विरूद्धको गीत भन्दा पनि समानताको गीत भन्न सकिने लेखक तथा संगीतकार डि.आर सुजन बताउँछन्। गीत युटुवमा डि.आर सुजनबाट सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार