पर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १४:५८:२६
३२ जेठ, जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे-फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डो ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेको हो ।
आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीयस्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको र यसलाई विस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने प्रदेश ढकालले बताए ।
त्यसैगरी पछिल्लो समय शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुण्डोे सुरक्षित पर्यटक’ भन्ने अवधारणा अनुरूप छिट्टै शे–फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटको समेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए । शे–फोक्सुण्डो ताल हेर्न जानेको दैनिक भीड लाग्ने गरेको छ । चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरीचौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरीचौकी दुनै सारिँदै आइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार