एक समुदाय एक प्रथम उद्धारकर्ता टोली अभियान अन्तर्गत वडा वडामा अभिमुखिकरण गर्दै चाँगुनारायण
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १५:३३:४८
३२ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरका वडा नं ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूलाई १ दिने विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
चाँगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रोज बहादुर तामाङ, वडा नं ५ का का.बा वडा अध्यक्ष प्रभुराम थापा, वडा नं ६ का वडा अध्यक्ष धन बहादुर लामा र वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीको सभापतित्वमा क्रमशः वडा नं ४,५,६ र ८ मा सम्पन्न अभिमुखीकरण कार्यक्रम भएको हो ।
अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले वडा तथा नगरपालिकाले विपद् व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले मनसुनको समयमा आवश्यक राहत सामग्रीहरू तयारी अवस्थामा राख्नको लागि वडा तथा नगरपालिकालाई आग्रह गरे । साथै आगामी दिनमा विपद् तथा मनसुन पूर्व तयारीका गतिविधिहरू समुदाय, वडा र विद्यालय स्तरमै सञ्चालन गर्न पनि सुझाव दिए ।
त्यसै गरी एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति अनुरूप ९ वटै वडामा वडा स्तरीय विपद् व्यवस्थापन समिति पूर्नगठन, खोज तथा उद्धार सामग्री भण्डारण, गैह्र खाद्य राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली र प्राथमिक उपचार टोली गठन गर्न गइरहेको कुरा चाँगुनारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीले जानकारी दिए ।
मनसुनको समय आउन लागेकोले सम्भावित सहरी बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरूको पहिचान गरी पूर्व तयारीका गतिविधिहरू सञ्चालनका साथै प्रतिकार्यका लागि तयारी रहन आगामी आर्थिक वर्षको नीति तथा योजना र बजेटमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम तथा गतिविधिहरू समावेश गर्नको लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले वडा स्तरीय अभिमुखीकरणको आयोजना गरेको कुरा चाँगुनारायण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले बताए। उनले यस अघि वडा नं १ र २ मा अभिमुखीकरण सम्पन्न भइसकेको र वडा नं ३, ७ र ९ मा यसै हप्ता सम्पन्न गरिने कुरा बताए ।
चाँगुनारायण नगरपालिकाको आयोजना तथा आइसेट नेपाल र डिसिएको साझेदारीमा सञ्चालित नेक्सस परियोजनाको सहयोगमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ बमोजिम गठित स्थानीय विपद् व्यवस्थापन समितिको पूर्नगठन, विपद् जोखिम न्यूनीकरण एवं मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण, आर्थिक वर्ष २०८०÷८१ मा विपद् व्यवस्थापनमा समेट्नुपर्ने कार्यक्रम तथा गतिविधि सम्बन्धी विषयमा सहभागीहरू बिच छलफल र समूह कार्य गरिएको थियो । दिनेश थापा, राजकुमार लम्साल, भरत ढुङ्गाना र ऋषि खड्काले सहजीकरण गर्नु भएको उक्त अभिमुखीकरण कार्यक्रममा ३४ महिला र ८७ पुरुष गरी जम्मा १२१ जनाको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार