आफ्नो बैंक खातामा राखेको पैसाप्रति सजक हुनुः राष्ट्र बैंक
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १५:५८:२६
३२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई आफ्नो बैंक खातामा भएको पैसाप्रति सजग हुन आग्रह गरेको छ । पछिल्लो समयमा विद्युतीय भुक्तानीका उपकरणबाट ठगी धन्दा भइरहेको र धेरैको खाताबाट रकम हराएको भन्दै राष्ट्र बैंकले सूचना मार्फत सजग गराएको हो ।
राष्ट्र बैंकले कतैबाट आफ्नो मोबाइल नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आए त्यसको जानकारी आफ्नो सम्बन्धित बैंक वा राष्ट्र बैंकमा गराउन भनेको छ । अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट अईपीएस, मोबाइल वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरूमा रकमान्तर गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकले जनाएको छ ।
विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरूलाई ग्राहक पहिचान (केवाईसी)सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी (निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको राष्ट्र बैंकले जनाएको छ । यस्ता विवरण मागिएमा तुरुन्त नजिकको बैंकलाई जानकारी गराउन भनिएको छ ।
यस्ता ठगीबाट बच्नका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगराउन पनि राष्ट्र बैंकले भनेको छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन आग्रह गरिएको छ । यस्ता गतिविधि थाहा भएमा राष्ट्र बैंकको इमेल ठेगाना [email protected] मा जानकारी गराउन पनि भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार