देशलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले आलु र प्याजमा कर लगाएको होः अर्थमन्त्री महत
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १७:१०:३३
३२ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले उत्पादन बढाउन र देशलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आलु र प्याजमा कर लगाएको बताएका छन् । सरकारको कदम मुलुकलाई आत्मनिर्भर उन्मुख गराउने उद्देश्यबाहेक यसमा अरू कुनै उद्देश्य नरहेको उनको भनाइ छ ।
बिहीबार अर्थमन्त्रालयमा किसानहरूसँगको भेटघाटमा अर्थमन्त्री महतले स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको र आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको बताए । यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ, स्थानीय उत्पादनलाई महँगो बनाउँदैन, उनले भने ।
उनले भने, ‘आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं, त्यसले रोजगारी पनि सिर्जना हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मनिर्भरता तर्फ उन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो ।’ महतले सरकारले विगतमा कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानले नपाएको बताए । उनले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताए ।
‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौँ अनुदानको सदुपयोग भएन, दुरुपयोग भयो’ उनले भने ‘कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो ।’ कृषिलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार