मोदीको अमेरिकाको राजकीय भ्रमणले दुई देशको सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १७:१४:५९
३२ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कुटनीतिज्ञले बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा अर्को अध्याय थपिने बताउँदै त्यसले नयाँदिल्ली र वासिङ्टनको साझेदारीलाई सुदृढ बनाउने बताए । प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबीचको घनिष्ठ मैत्रीलाई पनि भ्रमणले प्रतिविम्बित गरेको उनले बताए ।
एएनआई प्रतिनिधिसँगको कुराकानीमा राजदूत सन्धुले दुवै देशका मन्त्रिपरिषद्का सदस्यहरू र वरिष्ठ अधिकारीहरूले राजकीय भ्रमणबाट प्राप्त हुने उपलव्धिको प्रतीक्षा गरिरहेका बताउँदै उनले नयाँदिल्ली र वासिङ्टनको सम्बन्ध सही दिशामा अघि बढिरहेको सुनिश्चित हुने जनाए । भूमण्डलीकरणको सन्दर्भमा भारत–अमेरिका साझेदारीका विविध पक्षबारे चर्चा गर्दै भारतीय राजदूतले व्यापार, रक्षा, रणनीतिक सहयोग, प्रविधि, उच्च शिक्षा र स्वच्छ ऊर्जा क्षेत्रमा दुवै देश सहकार्य गर्न उत्सुक रहेका बताए ।
पारस्परिक विश्वास र साझेदारीलाई थप सुदृढ बनाउन तथा जनस्तरको सम्बन्धलाई पनि अझ घनीभूत तुल्याउन प्रधानमन्त्री मोदीको भ्रमण फलदायी हुनेमा आफू विश्वस्त रहेको राजदूत सन्धुले बताएका छन् ।
रुसले युक्रेनमाथि गरेको आक्रमणलाई वेवास्ता गरेको भारतले मस्कोसँगको साथ र सहयोगलाई बढाएको छ । वासिङ्टन र मस्कोबीचको सम्बन्ध अधिक चिसिएको अहिलेको अवस्थामा पनि रुसकौ मौन समर्थक भारतसँगको आफ्नो व्यवहारमा अमेरिकाले कुनै परिवर्तन गरेको छैन ।
चीनसँगको बिग्रिएको सम्बन्धलाई सन्तुलनमा राख्न वासिङ्टनले नयाँदिल्लीसँगको सम्बन्धलाई उच्च प्राथकिता दिएको विश्लेषक बताउँछन् । मध्य तथा दक्षिण एसियाली क्षेत्रमा चीनको प्रभाव कम गर्न अमेरिका भारतसँग निकट सम्पर्कमा काम गर्न सधैँ तत्पर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार