ठगी आरोपमा पक्राउ परेका कलाकारहरूलाई ४ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १७:४२:१४
३२ जेठ, काठमाडौं । विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ ८ जना कलाकारलाई काठमाडाैँ जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका ‘बल्छी ध्रुवे’ भनिने मरिचमान श्रेष्ठ, ‘राजु मास्टर’ भनिने राजु पौडेलसहित सबै जनालाई हिरासतमा राखेर अभियोगमाथि अनुसन्धान गर्न अनुमति दिएको हो ।
बिहीबार पक्राउ परेका हाँस्य कलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रूपैयाँसम्म लिएको प्रमाण फेला परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए । अनुसन्धानका क्रममा आरोपी सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाइएको उनले बताए ।
बिहीबार बल्छी ध्रुवे, राजु मास्टरसहित ‘म्याकुरी’ उर्फ पवन खतिवडा, ढेडो बूढो उर्फ सरोज घिमिरे, भटभटे माइला उर्फ बेगम नेपाली तथा युट्युबरहरु एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा ‘जिडी’ लाई पक्राउ गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार