सरकारले ऊर्जा क्षेत्रको लक्ष्य हासिल गर्न नीजि क्षेत्रसंग हातेमालो गर्ने : बस्नेत
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १८:१८:४
३२ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि नीजि क्षेत्रसंग हातेमालो गरेर नै अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)को २१औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्न पनि नीजि क्षेत्रले साथ दिनुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएको सहमति सुविधारित भएकाले ऊर्जा क्षेत्रको बिकास र विस्तारमार्फत आर्थिक बिकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । उनले बिकासका लागि ऊर्जाको नयाँ अभियान सुरु गर्न लागिएको भन्दै ऊर्जाको खपत क्षमता बृद्धि गर्न थप मद्धत पुग्ने धारणा राखे । उनले बिद्युतिय सवारीको चार्जिङ स्टेशन थप गर्न अभियान कै रुपमा अघि बढाउने जानकारी दिए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा बनेको सहमति मुलुकको लागि निकै महत्वपपूर्ण रहेको बताए । नेपालको समग्र आर्थिक अवस्थामा मुलुकको ऊर्जा क्षेत्रले महत्व राख्ने उनको भनाइ छ ।
त्यस्तै इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताए। उनले मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकाले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने उनले बताए ।
स्वदेशी निर्माण व्यवसायीहरुलाई सहयोगी र सहजीकरण गर्ने काम सरकारले सुरु गरेको अनुभव भएको उनको भनाइ छ । उनले प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा केन्द्रित हुनु खुसीको कुरा भएको जिकिर गरे । आचार्यले ११ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पीपीए)को बाटोमा रहेको र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार