प्रतिनिधिसभामा दुई मन्त्रालयका विनियोजन विधेयकमाथि छलफल सकियो, अर्को बैठक असार १ गते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १८:२६:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/debraz_Qf6yeGM1Kz_2Cy3yi2lcr.png)
३२ जेठ, काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथिको विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।
आजको बैठकमा दुई दर्जन भन्दा बढी सांसदहरुले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।सांसदहरुले विधेयकमाथि धारणा राख्ने क्रममा वन मन्त्रालयले नेपालमा कार्बन उत्सर्जनबाट वृद्धि भइरहेको विश्व तापक्रमको असर कम गर्नेबाट सशक्त रुपमा काम गर्नुपर्ने औल्याए । वनमा रहेका ढालापाटा व्यवस्थापन गराई विदेशमा काठ आयात गर्ने क्रम रोक्न नीतिगत कार्यक्रम ल्याउन सुझाव दिए ।
मुलुकमा बाँदरले किसानको उठीवास लगाएको भन्दै बाँदर अनुकूल वन विकास गर्नुपर्नेमा सांसदहरुले जोड दिए । सांसद माधव सापकोटाले बाँदर नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयले एक समिति गठन गरेर रोकथाम र नियन्त्रणबारे अध्ययन तत्काल सुरु गर्नुपर्ने बताए ।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथि विनियोजन विधेयकमाथि धारणा राख्दै सांसदहरुले महिलामाथि हुने हिंसा कम गर्ने र महिलालाई सीप सिकाउने सम्बन्धी कार्यक्रम ठोस गर्न माग गरे ।
साथै वृद्धवृद्धा उमेर भएका बाबुआमालाई सडकमा लगेर छाड्ने वा अलपत्र पार्ने सन्तानमाथि कारवाही हुने व्यवस्था गर्न सुझाव दिए । ज्येष्ठ नागरिकलाई बाँडिने सामाजिक सुरक्षा भत्ता समताको आधारमा दिइनुपर्ने उनीहरुले धारणा राखे ।
काठमाडौंमा ९ तले घरमा भएका ज्येष्ठ नागरिक र दूरदराजमा गरिबीको रेखामुनि परेका ज्येष्ठ नागरिकलाई दिइने भत्तामा पुनर्विाचार गर्न मन्त्रालयको ध्यानाकर्षण गराए । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू विदेश भ्रमणमा रहेका उक्त मन्त्रालयमाथिको विनियोजन विधेयकमाथि छलफल भएन ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरे जानकारी दिएका छन् । भोलिको बैठकमा उद्योग, भूमि तथा भौतिक मन्त्रालयमाथिको विनियोजन विधेयकमाथि छलफल हुने समेत जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार