आजदेखि नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने, नियम नमाने कारबाही
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ९:९:२०
असार १, काठमाडौं । काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्नु पर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिए अनुसार आजबाट लागु हुन लागेको हो ।
‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउण्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलंकी देखि जडिबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’
महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ । ‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमअनुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार