नेपाल बैंकले राख्यो रौतहटको श्रीराम सुगर मिल्सको सम्पत्ति लिलामीमा
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ९:१३:४
१ असार, काठमाडौं । रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ । नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।
कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो ।
कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५र७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो ।
सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ । इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने आज जारी सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार